गाउँपालिकामा आक्रमण गर्ने १३ जना पक्राउ
नेपालबहस संवाददाता
असार ३१, २०७७ बिहिबार ३:३:५९
ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिकामा तोडफोड गर्ने र गाउँपालिकाका अध्यक्ष सहितका जनप्रतिनिधि र कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा १३ जना पक्राउ परेका छन् । गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेललगायत जनप्रतिनिधि र कर्मचारीलाई कार्यालय समयमा कार्यालयमै आएर हातपात समेत गरेको आरोपमा पक्राउ पर्नेहरु सोही गाउँपालिका वडा नं ४ का १३ जना पुरुषहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा लिखु गाउँपालिका४ का दीपक बस्नेत, भारती मगर, निर्मला थापा, दीपक थापा, दीपेन्द्र खड्का, विश्वास खत्री, पारस खड्का, अरुण कार्की, दलबहादुर थापा, निलबहादुर कार्की, राजु कार्की, लक्ष्मण कार्की र दीपराज खड्का छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले उनीहरुलाई पक्राउ गरी ओखलढुंगा सदरमुकाम ल्याएको छ ।
प्राप्त उजुरीका आधारमा प्रहरीले आरोपितहरुलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपेश खड्काले बताए । ‘‘घटनाका विषयमा उजुरी आएपछि हामीले १३ जनालाई पक्राउ गरेर जिल्ला ल्याएका छौं ।’’ खड्काले भने, ‘‘१० दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिसकिएको छ ।’’ बुधबार म्याद थप गरिएपछि उनीहरुलाई हिरासतमा राखिएको छ ।
गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमाथि हातपात गरेको, गाउँपालिकाको प्रशासनिक भवन तोडफोड गरेको, भौतिक संरचनामा क्षति गरेकोसहितका विषय उल्लेख गरेर छानविनको माग गर्दै लिखु गाउँपालिकाले अमानसवय एवम् गैरजिम्मेवार कार्य गर्ने विरुद्ध कानून अनुसार अघि बढ्ने निर्णय गरेको थियो । सो निर्णयका आधारमा गाउँ कार्यपालिका सदस्य मावर सुनुवारले प्रहरीमा उजुरी दिए ।
गएको असार ११ गते भएको लिखु गाउँपालिकाको एम्बुलेन्स दुर्घटनाको विषय र स्वास्थ्य चौकी स्तरोन्नतिको विषयमा विवाद बढेको थियो । सोही लगत्तै स्थानीयले गाउँपालिकामा तोडफोड गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले हार्यो नेपाल
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्री ओलीलाई देउवाको सुझाव, १०० दिनमा राम्रा काम सुरु गर्नु भएको छ, आलोचनाबाट नडराउनू
कात्तिक १७, २०८१ शनिबार
बाढीपहिरो पीडितलाई न फूल न बत्तीको झिलिमिली
कात्तिक १७, २०८१ शनिबार
गाउँमा गाई देखिन छाडे, गोरु पनि भेटिँदैनन
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा देशभरका मुख्य सहरमा शुभकामना र्याली
कात्तिक १७, २०८१ शनिबार