नेपाल टेलिकमको सर्भर ह्यारक गर्ने पक्राउ
नेपालबहस संवाददाता
साउन १, २०७७ शुक्रबार १:४३:४१
१ साउन, काठमाडौं । नेपाल टेलिकमको सर्भर ह्यारक गरेको अभियोगमा धनकुटापाख्रिबास नगरपालिका–५ घर भई हाल धनकुटा नगरपालिका–४ बस्ने दिवाकर देउजालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
नेपाल टेलिकमको मोबाईल एपको सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री गरेर आफूले आर्थिक लाभ लिई नेपाल टेलिकमको राजस्व तथा व्यावसायिक छविमा गम्भीर क्षति पुर्यापई कम्पनीलाई हानि नोक्सानी पुर्याएको भन्ने नेपाल टेलिकमबाट प्राप्त पत्रअनुसार केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले देउजालाई धनकुटाबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले २ थान ल्यापटप र २ थान मोबाइल बरामद गरेको छ ।
ह्याकरले अनट्रेसएवल ईन्टरनेटप्रविधिको प्रयोग गरी अनाधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा पटक-पटक पहुँच बनाएको देखिएपछि प्राप्त सबुत प्रमाण र डिजिटल ईन्टेलिजेन्सको माध्यमबाट उक्त कार्यमा संलग्न रहेका उनलाई पक्राउ गरिएको उक्त ब्यूरोले जनाएको छ ।
देउजा सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कम्प्यूटर अपरेटर पदमा कार्यरत रहेको पनि अनुसन्धानको सिलसिलामा खुल्न आएको छ । उनलाई बिद्युतिय कारोवार ऐन, २०६३ वमोजिम आवश्यक कारबाही प्रकृया अगाडि बढाउनको लागि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, काठमाडौंपठाइएको ब्यूरोले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक १४, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार