नेपाल क्लियरिङ्ग हाउसलाई सार्वजनिक क्षेत्रतर्फको पहिलो पुरस्कार
नेपालबहस संवाददाता
साउन १, २०७७ शुक्रबार १:५९:१०
१ साउन, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले सार्वजनिक क्षेत्रतर्फको पहिलो पुरस्कार प्राप्त गरेको छ । नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल) लाई,’Best Presented Award’ अन्तर्गत सन् २०१९ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ पहिलो स्थानको पुरस्कार प्रदान गरिएको हो ।
एनसीएचएलले आ व २०७५-७६ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा सन्चालन गरिएको वार्षिक कार्यक्रममा सो पुरष्कार प्रदान गरिएको हो ।
गत वर्ष पनि सोही विधा अन्तर्गत एनसीएचएलले दोश्रो स्थानको पुरष्कार प्राप्त गर्नुका साथै सार्क क्षेत्रमा ‘SAFA Best Presented Annual Report Awards’ अन्तर्गत सार्वजनिक क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” पनि प्राप्त गरेको थियो ।
कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधैं आत्मसात गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरुद्वारा प्रवद्र्धित कम्पनी हो । सर्वसाधारण बीच डिजिटल भुक्तानी कारोबारको क्षेत्रमा विश्वसनियता कायम गर्न पारदर्शिता निकै महत्वपूर्ण रहेको एनसीएचएलको विश्वास छ । एनसीएचएलले हरेक वर्ष पारदर्शी रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तीय डिस्क्लोजर तर्फको प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ ।
नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी एनसीएचएलको NCHL-ECC, NCHL-IPS, connectIPS e-Payment, connectRTGS / National Payments Interface (NPI) प्रणाली सञ्चालनमा रहेका छन् ।
साथै यसले आफ्ना भुक्तानी प्रणालीहरुमा बैंक तथा वित्तीय संस्थाहरू बाहेक विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पीएसपी-पीएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट-प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार