साउने सङ्क्रान्ति : मेहन्दी प्रतियोगितामा सुमना प्रथम
नेपालबहस संवाददाता
साउन १, २०७७ शुक्रबार २:४३:२७
१ साउन, पोखरा । स्थानीय न्युरोडस्थित गुरुङ ब्युटी एकेडेमीले साउने सङ्क्रान्तिका अवसरमा मेहन्दी प्रतियोगिता गरी चार उत्कृष्टलाई पुरस्कृत गरेको छ । मेहन्दीकला सिकिरहेका सात प्रशिक्षार्थीबीच प्रतिस्पर्धा गराइएको थियो ।
एकेडेमी सञ्चालक एवम् वरिष्ठ ब्युटिसियन चिनु गुरुङले हरेक वर्ष साउने सङ्क्रान्तिमा मेहन्दीकला प्रतियोगिता हुँदै आएकामा अहिले कोभिड–१९ का कारण सीमित सहभागीबीच सामाजिक दूरी कायम गरेर प्रतियोगिता गराइएको जानकारी दिइन ।
प्रतियोगितामा सुमना श्रेष्ठ प्रथम, सनम गुरुङ द्वितीय, साजिमा गुरुङ तृतीय र सीमा परियारले सान्त्वना पुरस्कार पाउन सफल भएका छन् । विजेताले हेयर ड्रायर, हेयर आइरन, मेकअप ब्रस र हेयर रोलर प्राप्त गरेका छन् ।
विसं २०५२ देखि सञ्चालनमा आएको एकेडेमीका पोखरामा चार र दुलेगौँडामा एक गरी पाँच शाखा छन् । एकेडेमीले पार्लरसम्बन्धी बेसिक, डिप्लोमा र एडभान्स कोर्षमार्फत तालीम दिँदै आएको छ ।
सञ्चालक गुरुङका अनुसार हालसम्म करीब एक हजारले ब्युटी पार्लरसम्बन्धी तालीम लिइसकेको तथा सिकेकामध्ये करीब ६ सय जनाले स्वरोजगार भएर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न, हिंसापीडित र अपाङ्गता भएका महिलालाई एकेडेमीले आत्मनिर्भर बनाउनका लागि निःशुल्क तालीम प्रदान गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
नेपालबहस संवाददाता
माघ ५, २०८१ शनिबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
माघ ५, २०८१ शनिबार
प्रचण्ड पुग्दा किन खुलेन क्रिकेट रंगशालाको गेट ?
माघ ५, २०८१ शनिबार
खोखो विश्वकपः नेपाली महिला टोली पुग्यो फाइनलमा
माघ ५, २०८१ शनिबार
नाइजेरियामा पेट्रोल ट्याङ्करमा विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु
माघ ६, २०८१ आइतबार
१ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ
माघ ६, २०८१ आइतबार
सडक सञ्जाल विस्तार भएसँगै सहज बन्दै मनाङको यात्रा
माघ ६, २०८१ आइतबार
भिरबाट लडेर महिलाको मृत्यु
माघ ६, २०८१ आइतबार
ट्रम्पका परिवार : ह्वाइट हाउसमा कस्को के भुमिका ?
माघ ६, २०८१ आइतबार