मेची भन्सार : आठ अर्ब ३५ करोड राजश्व सङ्कलन
नेपालबहस संवाददाता
साउन २, २०७७ शनिबार १:३९:५६
२ साउन, सुरुङ्गा । मेची भन्सार कार्यालय काँकरभिट्टा झापाले आर्थिक वर्ष २०७६/७७ मा रु आठ अर्ब ३५ करोड ६६ लाख ५२ हजार ६१२ राजश्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ६३.१२ प्रतिशत मात्र हो । कार्यालयले आव २०७६/७७ मा रु १३ अर्ब २४ करोेड एक लाख ९९ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत धु्रवराज विश्वकर्माले बताए ।
सरकारले अघिल्लो आवमा पूर्वी नाका भएर सुपारी, मरिच, हरियो केराउ र छोकडाको आयातमा प्रतिबन्ध लगाएको र बन्दाबन्दीका कारण राजश्व सङ्कलनमा असर परेको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताए । भारतको पश्चिम बंगाल सरकारले नेपालसँग सीधा सीमा जोडिएको भारतको पानीट्याङ्कीस्थित रानीगञ्ज नाका ठप्प पार्दा मेची भन्सार कार्यालय काँकरभिट्टाको रु एक अर्ब १० करोड राजश्व प्रभावित बनेको कार्यालयको भनाइ छ ।
गत चैत २५ गतेसम्म काँकरभिट्टा नाका भएर सामान आइरहेको भए पनि २६ गतेदेखि भारतसँग सीमा जोडिएको नेपालको पूर्वी नाका काँकररभिट्टा भारततर्फबाट एकलौटी पश्चिम बङ्गाल सरकारले बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सबै सवारीका साधन ठप्प थिए ।
गत चैत २६ देखि वैशाख २६ गतेसम्म वा ३१ दिन यो नाका पूर्णरुपमा ठप्प हुँदा मेची भन्सार कार्यालय काँकरभिट्टाले रु एक अर्ब १० करोड राजश्व गुमाउनुपरेको कार्यालयले जनाएको छ । लकडाउन यता पूर्वी नाका भएर सबैभन्दा बढी हरियो सागसब्जी, तरकारी तथा फलफूल आयात भएपनि मुख्य राजश्व धान्ने हवाई इन्धन र ग्यासबाहेक अन्य पेट्रोलियम पदार्थको आयात शून्य झै भएको भन्सार अधिकारी बताउँछन् । पूर्वी नाका काकरभिट्टाबाट झण्डै अढाई करोड मूल्य बराबरको फलफूल तथा तरकारी भित्रिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
टोयोटाले बढायो वार्षिक खुद नाफा प्रक्षेपण
माघ २३, २०८० मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
वेस्ट इण्डिजले नेपाललाई दियो १७३ रनको लक्ष्य
बैशाख २२, २०८१ शनिबार
गोप्य राख्नुपर्ने बजेटको प्रधानमन्त्रीले पहिले नै बताइदिए आकार र आन्तरिक कुरा
बैशाख २२, २०८१ शनिबार
राज्यलाई कर तिरेका जनताले यसको खर्चबारे जानकारी पाउनुपर्छः राष्ट्रपति
बैशाख २२, २०८१ शनिबार
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
बैशाख २२, २०८१ शनिबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार