बोली र व्यवहारमा शिष्टता कायम गर्न प्रहरी अस्पतालका कर्मचारीलाई आईजीपीको निर्देशन
नेपालबहस संवाददाता
साउन २, २०७७ शनिबार २:५५:५९
२ साउन, काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताल महाराजगञ्जको निरीक्षण गरी सेवा प्रभावकारी बनाउन कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिए । उनले नेपाल प्रहरी अस्पतालको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीले सामूहिक भावना विकास गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
अस्पतालबाट प्रवाह हुने सेवाप्रति सजग भई क्षमताको प्रदर्शन गर्दै सेवाग्राहीप्रति बोली, बचन तथा व्यवहारमा शिष्टता कायम गर्ने निर्देशन दिँदै उनले अस्पतालमा देखिएका समस्या समाधानमा उच्च व्यवसायिकता, पारदर्शिता र सामूहिक नेतृत्वलाई आत्मसाथ गर्दै अगाडि बढ्न आग्रह गरे । स्वच्छ प्रतिस्पर्धाका लागि प्रहरी कर्मचारीले आफूमा भएको क्षमता र साधन स्रोतको सदुपयोग गर्दै प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।
उनले आज मोलेकुलर परीक्षण एकाइ, आइसोलेशन वार्ड, डाइलासिस युनिट, क्लिनिकल प्याथोलोजी, नवजात शिशु सघन उपचार कक्ष, पोष्ट अपरेटिभ वार्ड, मानसिक रोग वार्ड, बालरोग वार्ड, मेडिकल वार्ड, अर्थो वार्ड, सर्जिकल वार्ड, स्त्री तथा प्रसूति वार्ड, ओपीडी, फिजियो थेरापी रिहाबिलिटेशन युनिटलगायतको निरीक्षण गरे ।
अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्य अवस्था तथा अस्पतालबाट हुने विविध गतिविधिका बारेमा उनले जानकारी समेत लिए । उनले नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी अधिकृतले कोभिड–१९ को विषम परिस्थितिमा उच्च व्यावसायिकता प्रदर्शन गरेको भन्दै आभार प्रकट गरे ।
कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले अस्पताललाई समयनाकूल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नवीनतम प्रविधि र पद्धतिलाई अङ्गिकार गरी स्वस्थ वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न अस्पताल सदैव प्रयासरत रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले हार्यो नेपाल
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्री ओलीलाई देउवाको सुझाव, १०० दिनमा राम्रा काम सुरु गर्नु भएको छ, आलोचनाबाट नडराउनू
कात्तिक १७, २०८१ शनिबार
बाढीपहिरो पीडितलाई न फूल न बत्तीको झिलिमिली
कात्तिक १७, २०८१ शनिबार
गाउँमा गाई देखिन छाडे, गोरु पनि भेटिँदैनन
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा देशभरका मुख्य सहरमा शुभकामना र्याली
कात्तिक १७, २०८१ शनिबार