नेप्सेमा तीनपटक ‘सर्किट ब्रेक’
नेपालबहस संवाददाता
साउन ४, २०७७ आइतबार २०:४५:९
४ साउन, काठमाडौं । चालू आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज तीनपटक ‘सर्किट ब्रेक’ लागेको छ । बजार खुलेको झण्डै एक घण्टा आठ मिनेटभित्र तीनपटक सर्किट ब्रेक लागेपछि आजका लागि बजार बन्द भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ६.०४ प्रतिशतले बढेको छ । नेप्से ८४.२६ अङ्कले बढेर एक हजार ४७९.०३ मा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि १७.३९ अङ्कले बढेर ३१२.४४ मा पुगेको छ ।
कूल १११ कम्पनीको एक लाख ८० हजार ५९६ कित्ता शेयर रु छ करोड २५ लाख ६६ हजार २९३ मा खरिदबिक्री भयो । कारोवार भएका कूल १० उपसमूहमध्ये नौ उपसमूहको शेयर बढेको छ भने सामूहिक लागनी कोष तटस्थ देखिएको छ । बैंकिङ ८८.८७, विकास बैंक ६३.१३, जलविद्युत् ३६.३६, वित्त ९।०१, निर्जीवन बीमा २०२.४, उत्पादन १४१.७८, अन्य ४९.३३, लघुवित्त ९२.३९ र जीवन बीमा ५४८.६६ अङ्कले बढेको छ ।
कारोवार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्षस्थानमा रह्यो । सो कम्पनीको शेयर रु दुई करोड ४१ लाख दुई हजार ३२० मा खरिदबिक्री भयो । यस्तै वेष्ट फाइनान्स कम्पनी ३६ लाख ८९ हजार ६००, गरिमा विकास बैंकको संस्थाक शेयर ३२ लाख १० हजार ४५५, एनएमबी बैंकको २८ लाख ५१ हजार २७४, नेपाल इन्भेष्टमेन्ट बैंकको २० लाख ११ हजार २५५ र शिवम् सिमेन्ट लिमिटेडको शेयर १९ लाख ४८ हजार २२० मा खरिदबिक्री भयो ।
सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्था, नबिल बैंक, एनआइसी एसिया बैक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरधनीले समान १० – १० प्रतिशतले कमाए । यस्तै नेपाल पुनर्बीमा कम्पनी ९.९८, एभरेष्ट बैंक ९.९६, हिमालयन डिष्टिलरी ९.९५, ज्योति विकास बैंक ९.९४ र एनएमबी बैंकका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार