फिरौती खाएर भाञ्जाको ‘ज्यान लिने’ मामा पक्राउ
नेपालबहस संवाददाता
साउन ४, २०७७ आइतबार २२:४७:१६
४ साउन, काठमाडौं । ‘रक्षक नै भक्षक’ भन्ने उखान नै छ । कहिलेकाहीँ आफन्त नै काल बनेर उभिन्छन् । संरक्षण दिनुपर्ने मान्छे बलात्कार, हत्या, हिंसामा उद्दत हुन्छन् ।
मुलुकमा पटकपटक यस्ता घटना दोहोरिँदै पनि आएको छ । यस्तै खालको एउटा घटना १३ वर्षअघि काठमाडौँमा भएको थियो । ‘बाह्र वर्षपछि खोलो पनि फर्किन्छ’ भने झैँ अन्ततः उनी प्रहरीको नजरमा लुक्न सकेनन् ।
यसरी भाञ्जाको हत्या आरोपित एक भारतीयलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले शनिबार पक्राउ गरेको छ । अभियुक्त भारत बिहार, सीतामढी जिल्ला मुजफ्फरपुर घर भई तत्कालीन काठमाडौँ महानगरपालिका–२२ खिचापोखरी बस्ने ४५ वर्षीय राजेशकुमार गुप्ता हुन् ।
नेपालीलाई मतियार बनाएर अपरहण गरी उनले आफ्नै भाञ्जाको हत्या गरेको अभियोग लगाइएको छ । फिरौती लिएर पनि उनले भाञ्जालाई सकुशल छाडेनन् । बेलाबेलामा नेपाल आए पनि भारतमा लुक्दै आएका उनलाई तेह्र वर्षपछि प्रहरीले समातेको हो ।
त्यतिखेर ११ वर्षीय रोहित गुप्ता राय स्कूल जोरपाटीमा कक्षा ७ मा अध्ययनरत थिए । सहयोगीको साथ लिएर राजेशले विसं २०६४ असोज २४ गते राति रोहितको अपहरणपछि हत्या गरेको आरोप लगाइएको छ ।
आफ्नै ज्वाइँलाई झुक्यानमा पारी फिरौती रकम लिएर पनि उनले हत्या गरेको आरोप महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले लगाए ।
राजेशले रोहितका बाबु वासुदेवसँग छोरा अपहरणमा परेकाले रु दुई लाख पचास हजार फिरौती मागेका थिए । कुरा गर्दा रु दुई लाख दिने सहमति भयो ।
उक्त सूचना प्रहरीमा आएपछि खोजतलासका क्रममा असोज २७ गते राति काठमाडौँ महानगरपालिका –३२ कमलादीस्थित गणेश मन्दिर नजीक सडक पेटीमा प्लाष्टिकका बोरामा एउटा पोको फेला प¥यो । पोको खोल्दा भेटिएको शव रोहितको थियो ।
अनुसन्धानको सिलसिलामा ती अपहरणकाकी अरु कोही नभएर आफ्नै मामा राजेशकुमार रहेको खुलेपछि प्रहरीले खोजतलास तीव्र पारेको थियो ।
उनले आफ्ना पुराना सहयोगी कामदार धादिङका विष्णु सुनारसमेतको संलग्नतामा जादु सिकाउने बहानामा बालकलाई अपहरण गरेका थिए । बालकको हत्यापछि बोरामा हालेर खुद्रा सामान भएको भनी भरिया प्रयोग गरेर कमलादीमा लगी फ्याँकेको प्रहरीले जनाएको छ ।
योजना मुताविक सुनारले वासुदेवलाई फोन गरेर फिरौती रकम बालकका मामा राजेशलाई पठाउन भने । सोहीअनुसार फिरौती बुझ्न ज्वाइँकहाँ मामा पुगेका थिए ।
घटनापछि राजेशले फिरौतीबापतको रु दुई लाख बुझे । उनले वासुदेवलाई ट्याक्सीमा आएका अपरिचित व्यक्तिले थानकोटको त्रिभुवन पार्कबाट लुटेको बहाना बुने ।
बालकका बुवा वासुदेवलाई समेत झुक्यानमा पारी राजेशले केही दिन अनुसन्धानमा सहयोग गरे जस्तो पनि गरे । पटकपटक प्रहरी कार्यालयमा पुगेर खोजतलामा सरिक भए । त्यसपछि छठको बहानामा घर जाने भनी उनी फरार भएका थिए ।
घटनामा संलग्न सुनार सोही साल मङ्सिर ८ गते नै पक्राउ परेपछि घटनाको रहस्य खुलेको हो । उनकै बयानका आधारमा प्रहरी राजेशसम्म पुगेको थियो । सुनार हाल कारागारमा छन् ।
फरार हुँदै आएका राजेश भने भारत पुगेको सूचना प्रहरीमा थियो । सुपुर्दगी ऐनअनुसार उनलाई ल्याउने प्रयास सफल हुन सकेन ।
उनी नेपाल आउजाउ गरेको सूचना प्राप्त भएपछि केहीअघि विराटनगरमा पक्राउ गर्न लाग्दा उम्किएका थिए । यसपटक उनी सर्लाहीमा रहेको महानगरीय अपराध महाशाखामा सूचना आयो । तत्कालै टोली पठाएर शनिबार सर्लाहीको मलङ्गवाबाट महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।
वासुदेवको काठमाडौँमा कपडाको पसल छ । पहिले राजेश पनि कपडाको थोकव्यापार गर्थे । घाटा लागेपछि पेशा छाडेर धेरै कमाउने लोभमा अपराध कर्म गरेको खुल्न आएका प्रवउ थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले हार्यो नेपाल
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्री ओलीलाई देउवाको सुझाव, १०० दिनमा राम्रा काम सुरु गर्नु भएको छ, आलोचनाबाट नडराउनू
कात्तिक १७, २०८१ शनिबार
बाढीपहिरो पीडितलाई न फूल न बत्तीको झिलिमिली
कात्तिक १७, २०८१ शनिबार
गाउँमा गाई देखिन छाडे, गोरु पनि भेटिँदैनन
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा देशभरका मुख्य सहरमा शुभकामना र्याली
कात्तिक १७, २०८१ शनिबार