नेपाल क्लियरिङ्ग हाउसको कारोबार संख्या २ करोड नाघ्यो
नेपालबहस संवाददाता
साउन ७, २०७७ बुधबार २०:३०:१९
७ साउन, काठमाडाैं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले गत आ.व.२०७६/७७ असार मसान्त भित्र कुल २ करोड ६ लाख भन्दा बढीको भुक्तानी कारोबारहरु फर्छ्यौट गरेको छ । जुन अघिल्लाे वर्षको तुलनामा २२.२% ले बृद्धि भएको हो ।
विभिन्न भुक्तानी प्रणालीहरुमार्फत भएका ती कारोबारहरु मूल्यको आधारमा ने.रु.९६.८ खर्ब , अमेरिकी डलरमा ३२ करोड, युराेमा २३.८ करोड र GBP १७.१ करोड बराबर रहेका छन् । यस सँगै राष्ट्रिय स्तरका भुक्तानी प्रणालीको विकासमा निरन्तर टेवा पुर्याउँदै आएको एनसीएचएलको स्थापना वर्षदेखि हालसम्मको वृद्धिदर ५८.८% पुगेको छ । हाल एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुमार्फत दैनिक औसत रु.३६.२ अर्ब बराबरको ७७,११५ भुक्तानी कारोबार हुने गरेकाे छ ।
एनसीएचएलका NCHL-ECC, NCHL-IPS and connectIPS लगायतका विभिन्न भुक्तानी तथा फर्छ्यौटका प्रणालीहरु संचालनमा रहेका छन् । यसका साथै विभिन्न संस्थाहरुको भुक्तानी कारोबारहरु थप सहज बनाउन नेशनल पेमेन्ट्स इन्टरफेस (NPI) तथा connectRTGS पनि संचालन गर्दै आएको नेपाल क्लियरिङ्ग हाउसले जनाएकाे छ ।
विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको NPI मार्फत हाल बैंक वित्तीय संस्था, PSP/PSO, लगायतका विभिन्न सेवा प्रदायक संस्थाहरुलाई जोडी भुक्तानी कारोबार सहज बनाइएको नेपाल क्लियरिङ्ग हाउसले जानकारी दिएकाे छ । नेपाल क्लियरिङ्ग हाउसका अनुसार यसको प्रयोग सरकारी निकायमा पनि तलब भुक्तानी, Third party भुक्तानी लगायतका विभिन्न भुक्तानी एवम् राजस्व संकलनका निम्ति हुँदै आएकोमा गत आ.व.मा रु.२१९ अर्ब बराबरको अन्तरबैंक सरकारी भुक्तानी तथा रु ३.१२ अर्ब बराबरको राजस्व संकलन एनसीएचएलका प्रणालीहरुमार्फत भएका छन् ।
कोभिड–१९ को कारणले चैत्र ११, २०७६ बाट भएको लकडाउनको अवस्थामा पनि एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुले सर्वसाधारण तथा बैंकिङ्ग क्षेत्रलाई Non-cash कारोबार गर्न आवश्यक सहयोग पुर्याउदै आएको थियो । लकडाउन अवधिमा पनि यसका विभिन्न भुक्तानी प्रणाली मार्फत ५२.५ लाख भुक्तानी कारोबारहरु भएका थिए । NCHL-ECC / NCHL-IPS का निम्ती सेवाग्राही बैंककै शाखा पुग्नु पर्ने भएता पनि connectIPS मार्फत भने बैंक शाखा नपुगि अनलाईनबाटै fund transfer तथा अन्य भुक्तानी गर्न सकिन्छ ।
यसै कारणले गर्दा लकडाउन अघि एक अर्ब दैनिक औसत कारोबार हुने गरेको connectIPS मा असारमा भने २.५ अर्ब बराबरको दैनिक औसत कारोबार भएको छ । हाल डिजिटल भुक्तानी प्रणालीले लिएको गतिलाई निरन्तरता दिन श्रावण १, २०७७ बाट एनसिएचएलका भुक्तानी प्रणालीहरुमा शुल्क पनि घटाइएको पनि नेपाल क्लियरिङ्ग हाउसले जनाएकाे छ ।
नेपाल राष्ट्र बैंक सँगै बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित एनसीएचएल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको लाईसेन्स प्राप्त संस्था हो । एनसीएचएलले डिजिटल भुक्तानी क्षेत्रको विकासको लागि आफ्ना पूर्वाधारहरु विभिन्न संस्थाहरुलाई प्रदान गर्दै आएको छ । यसमा बैंक वित्तिय संस्था,PSP/PSO, रेमिट्यान्स कम्पनी, इन्सुरेन्स, सरकारी अर्ध–सरकारी संस्था, कर्मचारी सन्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, NEPSE तथा अन्य विभिन्न संस्थाहरु लगायत १०२ सदस्यहरु रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
आजको विनिमयदर : अमेरिकी डलर र युरोको भाउ घट्यो
भदौ १४, २०८१ शुक्रबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार