पहिरोले दुई सातादेखि सडक अवरुद्ध, यात्रुलाई सास्ती
नेपालबहस संवाददाता
साउन ८, २०७७ बिहिबार १५:१२:५७
८ साउन, म्याग्दी । लगातारको वर्षासँगै म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोका कारण अवरुद्ध सडक कतै मर्मत पछि पुनःसञ्चालन भएका छन् । कतै दुई सातादेखि अवरुद्ध छन् ।
स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय बासिन्दाको पहलमा पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडकखण्ड पुनःसञ्चालन भएको छ । बेनी नगरपालिका–४, फाँपरखेत र मङ्गला गाउँपालिका–२ जोड्ने फाँपरखेतको पहिरो नेपाली सेना, प्रहरी र स्थानीयवासीले पन्छाएपछि पश्चिम म्याग्दीमा सिधा यातायात सञ्चालनमा आएको हो ।
म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा गाउँपालिकाका साथै छिमेकी जिल्ला बागलुङको चार वटा गाउँलाई जोड्ने सडकखण्डमा पहिरोले अवरुद्ध भएपछि पैदलयात्रीलाई समेत आवतजावतमा सास्ती खेप्नुपरेको थियो । अवरुद्ध सडक पन्छाउन स्थानीयवासीसहित सेना, प्रहरीको टोलीले लगातार दुईदिनसम्म मर्मत गरी सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।
उनका अनुसार फाँपरखेतको पहिरोमा १४ वटा ग्याविन जाली लगाइएको छ भने आवतजावतमा कम जोखिम हुने गरी मर्मत गरिएको छ । बेनीदेखि दरबाङसम्म हिलाम्मे सडक र बाढीले यात्रा निकै जोखिम हुने गरेको छ । २४ किलोमिटर दूरीको सडकमा यात्रा गर्दा सवारी साधन परिवर्तन गर्नुपर्ने बाध्यताले समेत यात्रुलाई सास्ती हुने गरेको थियो ।
पश्चिमतर्फको सडक पुनःसञ्चालन गरिए पनि गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड गत १४ दिनदेखि अवरुद्ध हुँदा हिमालपारीको जिल्ला मुस्ताङ सडक सम्पर्कविच्छेद भएको छ । गत असार २५ गतेदेखि परेको अविरल वर्षका कारण दानको काभ्रेभिर, घोप्टेभिर, गुइँठेभिरलगायतका ठाउँमा पहिरोले सडक बगाएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।
सडक खुलाउन सेना, बेनी–जोमसोम सडक आयोजना र सडक निर्माण कम्पनीले काम गरिरहेको भए पनि सडक खुलाएर यातायात सञ्चालनमा ल्याउन नसकेको मुस्ताङबाट ओभरसियर सचिन पौडेलले जानकारी दिए । लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी र कमजोर भू–बनावटका कारणमाथिबाट ढुङ्गामाटोसहितको लेदो पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए । सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको छ । अविरल वर्षाका कारण मुस्ताङ जोड्ने एकमात्र सडक अवरुद्ध भएपछि समस्या भएको छ ।
सडक स्तरोन्नतिका लागि डोजर, स्काभेटर, ब्रेकर आदिको प्रयोग गरिएपछि वर्षाले हिलाम्ये हुँदा सानाठूला सवारी साधन हिलोमा नै घण्टौँसम्म फस्ने गरेका छन् । सडकखण्डमा सामान्य वर्षामा समेत हिलाम्ये हुँदा यात्रा कष्टकर बनेको दानाका पर्यटन व्यवसायी शेरचनले बताए । “सडकको धरापले यात्रुलाई सास्ती छ, तत्काल मर्मत गरे पनि पुनः खस्ने गरेको छ”, उनले भने।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
मंसिर १७, २०८१ सोमबार
विद्युत् सट भई आगलागी हुँदा एक करोड बढीको क्षति
मंसिर १७, २०८१ सोमबार
एनपीएल : जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स ब्याटिङ गर्दै
मंसिर १७, २०८१ सोमबार
सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई पक्राउ
मंसिर १७, २०८१ सोमबार
आजदेखि कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन सुरु
मंसिर १७, २०८१ सोमबार