खलङ्गामा गण र सीमा क्षेत्रमा बिओपी स्थापना हुँदै
नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार १७:४१:६
९ साउन, दार्चुला । भारत र चीनसँग सीमा जोडिएको व्यास गाउँपालिका–१ छाङ्गरुको कौवा र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तथा सदरमुकाम खलङ्गामा सशस्त्र प्रहरीको गण स्थापना हुने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को गत असार २९ गतेको बैठकले दार्चुला सदरमुकाम खलङ्गामा गण र सीमा क्षेत्रमा थप चार वटा बिओपी स्थापना गर्ने निर्णय गरेको हो ।
सदरमुकाम खलङ्गामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टर व्यासको छाङ्गरु गागामा स्थापना हुनेछ । सदरमुकाम खलङ्गामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वार्टर स्थापना हुने भएको हो । सरकारले यही वैशाख ३१ गते छाङ्गरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरेको छ । गागामा सशस्त्र प्रहरीको गुल्म रहने छ । गुल्मको भवन निर्माणका लागि सरकारले ठेक्का लगाइसकेको छ । कालापानी नजिकैको कौवा क्षेत्रमा सशस्त्र प्रहरीले बिओपी राख्ने जनाएको छ । यसअघि पनि यहाँका स्थानीयवासीले कौवा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी राख्नुपर्ने माग गर्दै आएका थिए ।
कौवाबाट कालापानी नजिकै पर्छ । यो क्षेत्रसम्म राज्यको उपस्थिति गराउन सकियो भने सरकारले हालै जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको आफ्नो भूमि देख्न सकिन्छ । अहिले पनि भारतले नेपालकै भूमि कालापानी नजिक नेपाली सुरक्षाकर्मीलाई जान दिएको छैन ।
छाङ्गरुको गागामा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरी कौवासम्म कहिलेकाहीँ गस्ती निस्कने गरेका छन् । भारतीय सुरक्षाकर्मी पहिल्यै अतिक्रमण गरेको कालापानी भन्दा झण्डै एक किलोमिटर तल आएर बसेको छ । सुदूरपश्चिम प्रदेशको दार्चुला र कैलाली जिल्लामा सशस्त्र प्रहरी बलको नयाँ गण स्थापनाका लागि विभागबाट स्वीकृति प्राप्त भएको सशस्त्र प्रहरी गुल्म दार्चुलाका गुल्मपति डम्बर विष्टले जानकारी दिए ।
यस्तै सरकारले व्यासको कौवा र तिङ्करसँगै महाकाली नगरपालिका–९ को दत्तु र व्यास गाउँपालिका–४ को सुन्सेरामा सशस्त्र प्रहरी बलको बिओपी स्थापना हुने भएको छ । सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले यसअघि भारतसँग सीमा जोडिएको दार्चुलाको लेकम गाउँपालिका–३ लाली, मालिकार्जुन गाउँपालिका–७ को जौलजीवी, व्यास गाउँपालिका–२ को दुम्लिङ र वडा नं १ को छाङ्गरु गागामा बिओपी स्थापना गरिसकेको छ ।
दार्चुलामा भारतसँग कूल १२५ किलोमिटर सीमा जोडिएको छ, भने चीनसँग २० किलोमिटर सीमा जोडिएको छ । यसअघि चीनसँगको सीमामा दार्चुलाको नेपाल प्रहरीको मात्रै उपस्थिति छ । प्रहरीले व्यास गाउँपालिका–१ तिङ्करको छायालेकमा सीमा प्रहरीचौकी राखेको छ । जिल्लामा गण स्थापना भएसँगै सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्रबहादुर बमको नेतृत्वमा पाँच सशस्त्र प्रहरी नायब उपरीक्षक, १४ सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी कर्मचारी गरी ६२१ जनाको दरबन्दी रहने छ । सशस्त्रको गुल्ममा भने १५० जना बस्दै आएका छन् ।
मन्त्रीको टोली छाङ्गरु प्रस्थान
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह नेतृत्वको टोली व्यासको छाङ्गरु प्रस्थान गरेको छ । छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म र थप बोर्डर आउट पोष्ट स्थापना हुने भएपछि निरीक्षण भ्रमणका लागि कानूनमन्त्री शाह नेतृत्वको टोली छाङ्गरु प्रस्थान गरेको हो ।
टोलीले सशस्त्र प्रहरी बस्ने ठाउँ, नेपाल प्रहरीको बस्ने भवन र त्यस क्षेत्रमा भइरहेको बाटोघाटो निर्माणको विषय निरीक्षण गर्ने सुरक्षा अधिकारीले जनाएका छन् । टोलीमा सुरक्षा अधिकारी पनि सहभागी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री
कात्तिक १७, २०८१ शनिबार
कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा गरिंदै
कात्तिक १७, २०८१ शनिबार
नेवार समुदायको नयाँ वर्ष नेपाल संवत् ११४५ शुरु
कात्तिक १७, २०८१ शनिबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले हार्यो नेपाल
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्री ओलीलाई देउवाको सुझाव, १०० दिनमा राम्रा काम सुरु गर्नु भएको छ, आलोचनाबाट नडराउनू
कात्तिक १७, २०८१ शनिबार
बाढीपहिरो पीडितलाई न फूल न बत्तीको झिलिमिली
कात्तिक १७, २०८१ शनिबार
गाउँमा गाई देखिन छाडे, गोरु पनि भेटिँदैनन
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा देशभरका मुख्य सहरमा शुभकामना र्याली
कात्तिक १७, २०८१ शनिबार