प्रहरी कार्यालय राख्ने विवादले अशान्त बन्दै स्याङ्जाको चापाकोट
नेपालबहस संवाददाता
साउन ९, २०७७ शनिबार ०:५५:४२
९ साउन, स्याङ्जा । २०५४ सालमा स्थापना भएको प्रहरी चौकी हालको रत्नपुर ईलाका प्रहरी कार्यालय स्थानान्तरणलाई लिएर स्याङ्जाको चापाकोट अशान्त बन्दै गएको छ । क्यामीमा रहेको प्रहरी कार्यालय सुन्तलीटार सार्ने भनिएपछि चापाकोट अशान्त बन्दै गएको हो ।
हाल प्रहरी कार्यालय रहेको स्थान नगरबासीका लागि पायक पर्ने स्थानमा छ तर केही व्यक्तिहरुको उस्काहटमा लागेर सोही क्षेत्रबाट चुनाव जितेर संघीय संसदमा निर्वाचित भई मन्त्री भएकी पद्मा अर्यालले कार्यालयलाई सुन्तलीटारमा सार्न लागिएको स्थानीयको आरोप छ ।
एकथरी स्थानीयले मन्त्री अर्यालमाथि यस्तो आरोप लगाएपनि मन्त्री अर्यालले भने त्यो आरोप सरासर गलत भएको बताइन् ।मन्त्री अर्यालले नेपालबहससँग कुरा गर्दै भनिन्, “ईलाका प्रहरी कार्यालय कहाँ राख्ने भन्ने त्यहाँका स्थानीय जनता कै अधिकारको कुरा हो । त्यस्तो सहमति उहाँहरुले नै गर्ने हो बरु वालिङमा राख्न लागिएको डीएसपीसहितको सो ईलाका प्रहरी कार्यालय मेरै जोडबलमा चापाकोट नगरपालिकामा लगिएको भने साँचो हो ।” आफुले क्वामीमा इन्सपेक्टरको कमाण्डमा रहेका प्रहरी चौकी नहटाउन सुझाएको पनि मन्त्री अर्यालको भनाई छ ।
तर सत्ता पक्षका केही हठी व्यक्तिहरुको लहैलहैमा प्रहरी कार्यालय सार्न लागेको भन्दै चापाकोट नगरपालिकाका १० वडा मध्ये वडा नं. ३, ४, ५, ६, ७ र ८ का स्थानीयले सर्वदलीय, सर्वपक्षीय संघर्ष समिति बनाएर आन्दोलन गरिरहेका छन् । प्रहरी कार्यालय सार्न थालेपछि आन्दोलित भएका स्थानीयले आन्दोलनलाई उग्र बनाउन थालेका छन् ।
“भौगोलिक र सुरक्षाका दृष्टिले समेत पायक पर्ने स्थानमा रहेको क्वामीको प्रहरी कार्यालय सुन्तलीटार सार्न थालेपछि हामी आन्दोलनमा उत्रन बाध्य भएका छौं ।” स्थानीय गोकर्ण भट्टराईले भने, “क्वामीबाट करिब ३ किलोमिटरको दुरीमा पर्ने सुन्तलीटारमा प्रहरी कार्यालय लगेर कस्तो राजनीति गर्न खोजिएको हो ? ।”
क्वामी प्रहरी कार्यालयका लागि भौतिक संरचना रहदाँरहदै सुन्तलीटारमा भौतिक संरचना बनाउँदा समेत राज्यलाई करोडौं घाटा छ । स्थानीयका अनुसार पायक पर्ने स्थानमा रहेको प्रहरी कार्यालय सार्ने नाममा राज्यलाई किन घाटा पु¥याउनु प¥यो ? स्थानीय प्रहरी कार्यालय साविककै स्थानमा राख्न जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने जिकिर उनीहरुको छ ।
शुरु शुरुमा रिले अनशनबाट आन्दोलन थालेका स्थानीयले पछिल्लो सयम नगरपालिकाको कार्यालय नै पायक पर्ने स्थानमा सार्न माग गर्दै राँके जुलुश लगायतका प्रदर्शन गर्दै आएका छन् । हाल नगरपालिकाको कार्यालय सुन्तलीटारमा छ । पालिका कार्यालय वडा नं. १, ९ र १० पायक र अन्यलाई पायक पर्ने स्थानमा नभएको स्थानीयको भनाई छ ।
“प्रहरी कार्यालय सार्ने राजनीति शुरु गरेको पक्ष पछाडी नहटेसम्म हामी आन्दोलनबाट पछाडी हट्दैनौं ।” स्थानीय राजन डोटेलले भने, “प्रहरी कार्यालय सार्नेलाई काउण्टर दिन पालिका कार्यालय सार्ने माग अगाडि बढाएका हौं ।” प्रहरी कार्यालय सार्न खोज्ने पछाडी हटे आफुहरु पालिका सार्ने आन्दोलनबाट पछाडी हट्न सकिने उनले बताए ।
प्रहरी कार्यालय स्थानान्तरण गर्न नदिने पक्षले राँके जुलुशसम्मको आन्दोलन गरेपछि नगरपालिका रहेको क्षेत्रका स्थानीयले नगरपालिकामा अशान्ति भएको बन्दै मौन जुलुश प्रदर्शन गरेका छन् । दुबै पक्ष भिन्नभिन्न विषयमा आन्दोलन गर्दै जाने हो भने नगरपालिका दुई भागमा विभाजन भएर मुठभेडमा जान सक्ने स्थानीयले आशंका गरेका छन् ।
नगरपालिका कार्यालय पनि हाल भएको स्थानमा राख्ने र ईलाका प्रहरी कार्यालयलाई नि साविककै स्थानमा राख्ने पहल नगरप्रमुख शिवकुमार गिरीले थालेका छन्, तर उनको पहलले सार्थकता पाएको छैन् । जबकी ईलाका प्रहरी कार्यालयको नयाँ भवन सुन्तलीटारमै बनाउने गरि ठेक्का आव्हानसमेत भइसकेको छ ।
त्यस्तै नगरपालिकाको प्रशासकीय भवन बनाउन टेण्डर समेत भइसकेको छ । संघीय सरकारको नीति पनि जहाँ पालिका कार्यालयको मुकाम छ त्यही ईलाका प्रहरी कार्यालय बनाउने रहेको छ । हालै नगरपरिषदले पालिका मुकाम दामाचौरमा सार्ने निर्णय गरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङेले छोडेको मन्त्रालयमा कांग्रेसका पौडेल नियुक्त
कात्तिक ५, २०८१ सोमबार
बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने
असोज १७, २०८१ बिहिबार
व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले हार्यो नेपाल
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्री ओलीलाई देउवाको सुझाव, १०० दिनमा राम्रा काम सुरु गर्नु भएको छ, आलोचनाबाट नडराउनू
कात्तिक १७, २०८१ शनिबार
बाढीपहिरो पीडितलाई न फूल न बत्तीको झिलिमिली
कात्तिक १७, २०८१ शनिबार
गाउँमा गाई देखिन छाडे, गोरु पनि भेटिँदैनन
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा देशभरका मुख्य सहरमा शुभकामना र्याली
कात्तिक १७, २०८१ शनिबार