समुदायस्तरबाट भएको विकास दिगो हुन्छ : उपसभामुख शर्मा
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार २२:३९:११
११ साउन, काठमाडौं । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले समुदायस्तरबाट भएका विकास निर्माण दिगो र प्रभावकारी हुने बताएका छन् । कास्की निर्वाचन क्षेत्र नं २ अन्तर्गत स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका–९ शान्तिवनमा निर्माण सम्पन्न भएको ढल एवं स्ल्याबको आज उद्घाटन गर्दै उनले योजना छनोट गर्दा जनअपेक्षा र आवश्यकतालाई महत्व दिनुपर्ने बताए।
भूमिहीन सुकुम्वासीलगायत आधारभूत तहका जनता बसोवास गर्ने क्षेत्रको विकासमा तीनै तहका सरकार र जनप्रतिनिधिको विशेष ध्यान पुग्नुपर्ने बताउँदै उनले तोकिएको समयमा गुणस्तरीय निर्माणका लागि उपभोक्ता वर्ग सचेत हुनुपर्ने आवश्यकता औल्याए ।
प्रदेशसभा सदस्य रामजी बरालले स्थानीय समुदायको सक्रियता तथा जनप्रतिनिधिको पहलमा विकास निर्माणले गति लिएको बताए । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईअन्तर्गत स्थानीय पूर्वाधार विकास कार्यक्रमको रु सात लाख ९० हजार तथा दुई लाख ४८ हजार १८० को स्थानीय जनश्रमदानसहित कूल रु १० लाख ४० हजार ३३६ को लागतमा ढलसहित स्ल्याब निर्माण कार्य सम्पन्न भएको हो ।
क्षेत्री समाज नेपालका अध्यक्ष प्रा डा दिलबहादुर क्षेत्रीले आवश्यकताका आधारमा विकास निर्माणलाई अघि बढाइनुपर्नेमा जोड दिँदै कर्तव्य पूरा गरेर अधिकार खोज्नुपर्नेमा जोड दिए । शान्ति वन ढल तथा स्ल्याब निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य मीना गुरुङ, पोखरा महानगरपालिका–९ का सदस्य राममाया मानन्धर, निर्माण अनुगमन समितिका संयोजक प्रकाश शर्मा, पूर्खबहादुर मगरलगायतले कम लगानीमा बढी उपलब्धि हुने खालका योजनालाई महत्व दिइनुपर्ने धारणा राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार