नगरपालिकाले कोरोना प्रभावित १५० जनालाई उद्यमशील बनाइदै
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार २२:४७:१०
११ साउन, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा कोभिड–१९ बाट प्रभावित व्यक्तिहरुलाई उद्यमशील बनाउन आयआर्जनसम्बन्धी कार्यक्रम सञ्चालन हुने भएको छ । कोरोनाका कारण रोजगारी गुमाएका तथा कोरोना सङ्क्रमित परिवारलाई आयआर्जनमा जोड्न संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा यस्तो योजना ल्याइएको हो ।
नगरपालिकाले जिल्ला लघुउद्यमी सङ्घमार्फत १५० जना व्यक्ति छनोट गरी उद्यमशीलतासँग जोड्ने जनाएको छ । राष्ट्रिय लघु उद्यमी महासङ्घका कार्यवाहक अध्यक्ष कविराज खत्रीले अति कमजोर वर्गको आयआर्जन सुरक्षित गर्न कार्यक्रम शुरु गरिएको बताए । कार्यक्रमअन्तर्गत कोरोनाबाट प्रभावित तथा विदेशबाट फर्किएका, सीमान्तकृत, अति विपन्न वर्गलाई छनोट गरी लघु उद्यममार्फत स्वरोजगार बनाइनेछ ।
“युवाहरुको रुची तथा चाहनाअनुसार व्यावसायिक तथा सीपमूलक तालीम प्रदान गरी नयाँ उद्यमी बनाइनेछ,” उनले भने, “तालीमपश्चात् बजार भएको सम्भावित स्थानमा उद्यम व्यवसाय सञ्चालन गर्न सक्छन् ।” व्यवसाय सञ्चालनका लागि सेवाप्रदायक संस्थाले व्यवसाय शुरु तथा सुधारसम्बन्धी तालीम सञ्चालन गर्ने, सीपअनुसारको व्यवसाय सञ्चालनका लागि उपयुक्त प्रविधि उपलब्ध गराउने, आवश्यक पर्ने आर्थिक रकमका लागि वित्तीय संस्थासँग समन्वय गर्नेलगायतका सहयोग गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार