पहिरो पीडित परिवारको बिचल्ली
नेपालबहस संवाददाता
साउन १२, २०७७ सोमबार १८:३५:९
◊ सन्तोष गौतम
१२ साउन, म्याग्दी । धवलागिरि गाउँपालिका–६ नामरुककी सबिना विक सुत्केरी भएको सोमबार २३ दिन पुगेको छ । घरवरिपरि पहिरोले घेरेपछि राम्चेस्थित दलित उत्थान सङ्घको भवनमा उनी बस्न थालेको १५ दिन भयो । असार २६ गते बिहान साढे ७ बजेतिर पकाएको खाना छोडेर भागेकी सबिनाले घर फर्किएर बस्न सक्ने अवस्था नभएको बताए ।
‘‘खाना खान बसेको बेला आंँगनमुनिको उत्तिसको रुख ढल्यो, करेसाको उपल्लो गह्रासम्म पहिरो आएपछि मैले ठुली छोरी र छोरालाई समातें, श्रीमान्ले सानो छोरी समाएर भाग्यौ,’’ उनले भने ‘‘दुई घण्टा टाढाको गोठमा अमिलो मोही र सातुको भरमा डेढ दिन कटायौँ । पहिरो रोकिएपछि युवा क्लबले यहाँ ल्याएर राख्यो ।’’
सबिनाका परिवारमा सात जना छन् । उनका श्रीमान् सन्देशले आफन्तलाई खाट मागेको र पानी नपरेको अवस्थामा घरमा गएर खानेकुरा ल्याएर खुवाउने गरेको बताए । ‘‘पानी पर्यो भने पहिरो खसिहाल्छ, घर जान सकिँदैन,’’ उनले भने ‘‘पालेको कुखुरा, साँचेको चामल, दाल पनि सकियो । करेसाको तरकारी पहिरोले पुरेको छ । आमालाई पोषिला खानेकुरा नभएर दूधले नअघाएर बच्चा रोएको रो¥यै गर्न थालेको छ ।’’
दुई महिनाअघि सुत्केरी भएकी हरिमाया विक र तीन महिनाअघि सुत्केरी भएकी गिरु विक पनि पहिरोले घरमा बस्न जोखिम बनाएपछि सबिनासँगै दलित उत्थान सङ्घको भवनमा बसेका छन् । पोषिला खानेकुरा खाएर आराम गर्नुपर्ने उनीहरु बिहान बेलुकी दाल, भात खाएर कष्टकर दिन बिताउन बाध्य भएका छन् ।
‘‘पहिराले घर कतिबेला पुर्छ भन्ने थाहा छैन । त्यही भएर सङ्घको भवनमा आएर बसेको हुँ,’’ हरिमायाले भनीन् ‘‘पानी र चिसोले आमा छोरोनै पखला लागेर बिरामी भएका छौं ।’’ राम्चेको सामुदायिक भवन र सडकमा बनाएको टहरामा १६ परिवार बसेको स्थानीय प्रेम लामगाडेले बताए ।
पहिरोको डरले राती सुत्नका लागि गाउँभरिका सबै जना टहरा र राम्चे सामुदायिक भवनमा आउँछन् । पहिरो पीडित बस्नका लागि बनाइएको ठाउँमा शौचालय र खानेपानीको सुबिधा छैन् । ‘‘खाद्यान्न, कपडा, त्रिपाल, म्याटे«स, सुरक्षित खानेपानी र सरसफाई सामग्रीको अभाव हुँदा महामारी फैलिने डर छ’’, उनले भने ‘‘सडकमा त्रिपाल टाँगेर बनाएको टहरामा नल ओछ्याएर सुतेका छौं । भुईको चिसोले निद्रा नै पर्दैन् ।’’
पहिरोले उठिबास लगाएपछि मराङका बासिन्दाको जनजिवन कष्टकर बनेको छ । १५ दिनसम्म पनि पर्याप्त राहत सामग्री पुग्न र घरबास गुमाएकाको व्यवस्थापन हुन सकेको छैन । रिख, घण्टीवाङ र कुम्रिका पहिरो पीडितलाई आरवाङको जनविकास आधारभूत विद्यालयको भवनमा राखिएको छ । कल्लेनीका करिब २५ घरपरिवारलाई छिमेकी ७ नम्बर वडामा पर्ने शिवाङको हेम माविमा राखिएको छ । गाउँमा कोही नभएको समयमा घरमा राखिएका नगद, कपडा र खाद्यान्न चोरी हुन थालेको कल्लेनीका रत्नप्रसाद पुनले बताए ।
ठूलोगाउँ र खक्सीमा पहिरोको जोखिममा रहेका घरका बासिन्दा आफन्तकहाँ सुत्ने गरेको मराङका वडा अध्यक्ष राजाराम सुवेदीले बताए । ‘बुलबाहेक वडाका सबै बस्ति पहिरोले प्रभावित भएका छन्’’, उनले भने, ‘‘बर्खा अझै बाँकी छ । कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ ।’’ मराङका १९ जनाले पहिरोमा ज्यान गुमाएका थिए भने १२ जना घाइते भएका थिए । दुई जना अझै वेपत्ता छन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा मराङमा पहिरोले ७२ घरमा पूर्ण क्षति भएको उल्लेख छ । नेपाल रेडक्रस सोसाइटीको म्याग्दी शाखाका अनुसार १७ घर भत्किएको र १५ घरमा आंशिक क्षति तथा ७८ घर उच्च जोखिममा छन् ।
समन्वयको अभावमा निकाय पिच्छे फरक–फरक तथ्याङ्क हुँदा पीडितको पहिचान, वर्गीकरण गरि सरकारले घोषणा गरेको राहत उपलब्ध गराउन अलमल र ढिलाई भएको छ । परिवारका चार जना सदस्य गुमाएकी चनमति लामगाडेले गाउँपालिकाले दिएको रु दश हजार किरियाखर्च बाहेक प्रदेश र सङ्घीय सरकारले घोषणा गरेको राहत नपाएको गुनसो गरे । भौगोलिक बिकटता, घोरेटोबाटो, झोलुङ्गे पुल समेत बगाएको, दाताले हेलिकप्टरबाट ल्याएको राहत ठूलो सङ्ख्याका पीडितका लागि पर्याप्त नभएको कार्यपालिकाका सदस्य तिलकुमारी केसीले बताए ।
‘‘जताततै पहिरै पहिरो गएर थुनिएका छौं, अभावै अभाव छ, समस्या नै समस्या छ’’, उनले भने, ‘‘पहिरो पीडितको सुरक्षित व्यवस्थापन गर्न नसकेर हामीलाई पीडा भएको छ ।’’ सडक अवरुद्ध र भौगोलिक विकटताको बहानामा स्थानीय प्रशासन, प्रदेश र सङ्घीय जनप्रतिनिधि तथा सुरक्षा निकायले उदासीनता देखाएको पहिरो पीडितको गुनासो छ ।
दाताले दिएको राहत सामग्री पनि सदरमुकाम बेनीमै थुप्रिएको छ । पहिरोले अवरुद्ध सडक, घोरेटोबाटो, विद्युत्, सञ्चार र खानेपानी सञ्चालन गराउन र राहत उपलब्ध गराउन सङ्घीय र प्रदेश सरकार तथा स्थानीय प्रहरी प्रशासनबाट सहयोगको अपेक्षा राखिएको वडाध्यक्ष सुवेदीले बताए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार