रत्ननगर अस्पतालमा आकस्मिक रक्तसञ्चार सेवा सञ्चालन
नेपालबहस संवाददाता
साउन १२, २०७७ सोमबार १८:४४:४
१२ साउन, चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुलहर अस्पतालमा आकस्मिक रक्तसञ्चार सेवा शुरु गरिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर र अस्पतालबीच सम्झौता गरी आजदेखि सेवा सञ्चालनमा ल्याइएको हो ।
सेवाको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन । मिर्गौलाको डायलासिस गराइरहेका तीनजना बिरामीलाई निःशुल्क रगत प्रदान गरी सेवा सञ्चालनमा ल्याइएको हो । योसँगै अस्पतालमा आएका बिरामी रगतको खोजीमा भरतपुरसम्म जार्नुपर्ने बाध्यता टरेको छ ।
सेवा तत्कालका लागि अस्पतालमा रहेको प्रयोगशालाबाट सञ्चालनमा आउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले जानकारी दिए । सेवाको शुभारम्भ गर्दै नगरपालिका प्रमुख वनले अहिले आकस्मिक रक्तसञ्चार केन्द्रका रुपमा स्थापना गरिएको यस सेवालाई विस्तार गरेर केन्द्रका रुपमा सञ्चालन गर्ने तयारी गरिएको बताए ।
नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं १० का अध्यक्ष केशव आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगरपालिका उपप्रमुख विमला दुवाडी, २ का वडाध्यक्ष तिलकराज शर्मा, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपाने, अस्पताल विकास समितिका सदस्य देवेन्द्रकुमार श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी लगायतले बोलेका थिए ।
सो अस्पतालमा अहिले नियमित डायलासिस गर्ने २६ जना बिरामी रहेका छन् । रक्तसञ्चारको क्षेत्रीय कार्यालय भरतपुरमा रहेको छ । केन्द्रले माडीको बघौडा अस्पतालमा यसअघि नै आकस्मिक रक्तसञ्चार सेवा शुरु गरेको छ । यस्तै विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजमा अस्पताल युनिट स्थापना गरी सेवा दिँदै आएको छ ।
हाडजोर्नी सेवा
हाडजोर्नीको शल्यक्रिया शुरु गरिएको छ । अस्पतालमा चार वर्षयता चिकित्सकको अभावमा हाडजोर्नीको शल्याक्रिया हुन सकेको थिएन ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट बगालेका अनुसार अस्पताल व्यवस्थापन समितिले हाडजोर्नी विशेषज्ञ नियुक्त गरेर उपचारसँगै शल्यक्रिया शुरु गरेको हो । डा रुपेश झाको नेतृत्वमा हाडजोर्नी विभाग सञ्चालनमा ल्याइएको हो । यसअघि अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा कृष्ण पौडेल हुँदा २०७३ सालमा हाडजोर्नीको शल्यक्रिया गरिएको थियो ।
पूर्वपश्चिम राजमार्ग निकट भएकाले अस्पतालमा हाडजोर्नीका बिरामी धेरै आउने गर्दछन् । अस्पतालमा अन्य जटिल प्रकृति र प्रसूतिका शल्यक्रिया पनि हुँदै आएको छ । पूर्वी चितवनका चार नगरपालिकाका जनतालाई सेवा दिन सक्ने बकुलहर रत्ननगर अस्पताल प्रदेशस्तरीय अस्पताल भएको हो ।
बगालेका अनुसार हाल १५ श्यया रहेको सो अस्पताल प्रदेशस्तरको भएसँगै ५० श्ययाको हुनेछ । २०५८ सालमा धनधान्याञ्चल महायज्ञ लगाएर आर्थिक सङ्कलन गरी त्यहाँको स्वास्थ्य चौकीलाई अस्पताल बनाइएको थियो । हाल सो अस्पतालमा पाँचजना विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन् ।
अस्पतालमा हाल आकस्मिक, बहिरङ्ग, भर्ना गरेर उपचार सेवा, प्याथोलोजी, डायलासिस, भिडियो एक्स–रे, एक्स–रेजस्ता सेवा उपलब्ध छन् । अस्पतालमा प्रसूति, बालबालिका, छाला, दाँत लगायतका विशेषज्ञ सेवा दिइँदै आएको छ । बगालेका अनुसार अस्पतालमा तला थप गरेर सघन उपचार कक्ष र पोष्टअप बनाइँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
पुष १९, २०८१ शुक्रबार
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
पुष १६, २०८१ मंगलबार
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
पुष १४, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार