‘मान्देउन शिव जी’ भन्दै आइन रेस्लर अस्मिता जुरेली
नेपालबहस संवाददाता
साउन १२, २०७७ सोमबार १८:४७:५४
१२ साउन, काठमाडौं । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा बजारमा धमाधाम तीजका गीत निस्किन थालेका छन् ।कोरोनाको कारणले चार महिनाको लकडाउन सकिएसँगै बजारमा तीजको तीज सार्वजनिक हुन थालेको छन ।
यसपालिको तीजमा रेस्लर तथा कलाकार अस्मिता सुनार ‘जुरेली’ पनि तीज गीत लिएर आएकी छिन् ।अस्मिता जुरेलीको स्वर रहेको ‘मान्देउन शिव जी’ बोलको सार्वजनिक गीतमा शिवम अधिकारीको शब्द रहेको छ। गीतमा ओम सुनारको संगीत रहेको छ ।
‘मान्देउन शिव जी’ बोलको गीतमा अस्मिता जुरेलीको बेजोड नृत्य देख्न सकिन्छ । गीतमा अस्मिता जुरेलीसँगै दुर्गेश थापा,रविन्द्रप्रताप सेन ,लोमश शर्मा ,नरेश सिंह, समिर खान,प्रेम खड्का ,कजिस श्रेष्ठ, अर्जुन गौतम, रमेश थापा दिनेश कठायत,धुर्व हिमाली आदीको कलाकारको अभिनय रहेको छ । गीतको भिडियोमा रेस्लर द हिमालयन टाईगर र भगवती खड्कालाई पनि देख्न सकिन्छ ।
बजारमा निस्किएको भन्दा अलि फरक सैलीमा निर्माण गरिएको गीतको भिडियो कोरियोग्रफी तथा निर्देशन शिव बिकले गरेका हुन्। नवराज उप्रेतीले छायांकन गरेको गीतलाई समिर मियाले सम्पादन गरेका हुन् ।
https://youtu.be/RYSsQgm4hbI
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार
कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
माघ २, २०८१ बुधबार