फरार २७ अभियुक्त पक्राउ
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार १७:६:४
१३ साउन, कर्णाली । प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा मुद्दाका फरार अभियुक्तको खोजीकार्य तीव्र पारेका छन् ।
प्रदेश प्रहरीले पछिल्ला चार दिनयता सल्यान जिल्ला प्रहरी कार्यालयबाट मात्रै २७ जनालाई पक्राउ गरेको जनाएको छ ।
विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान बाँकी रहेका उनीहरुलाई पक्राउ गरी सम्बन्धित अदालतससमक्ष बुझाएको प्रदेश प्रहरी कार्यालयद्वारा जारी प्रेस नोटमा जनाइएको छ । ती अभियुक्तहरुबाट एक वर्ष छ महिना कैद तथा रु २८ हजार ७१३ जरिवाना असुल गरिएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार सल्यान प्रहरीले यही साउन ९ गते कुटपिट मुद्दाका चार, नाताकायम र लुटपाट मुद्दाको एक÷एक गरी छ, साउन १० गते सवारी ज्यान मुद्दाका तीन, करकाप, सम्बन्धविच्छेद र विविध मुद्दाका एक/एक गरी छ अभियुक्तलाई पक्राउ गरी सल्यान जिल्ला अदालतमा बुझाइएको छ ।
त्यस्तै यही साउन ११ गते सवारीज्यान मुद्दा, चेक अन्धर मुद्दाका दुई/दुई, सम्बन्धविच्छेद, गाली बेइज्जत, जारी मुद्दा तथा करकाप मुद्दाका एक/एक गरी आठ र हिजो (सोमबार) कर्तव्य ज्यान, सवारी ज्यान, जबर्जस्ती करणी, केही सार्वजनिक मुद्दा, जारी मुद्दा, लुटपाट, सम्बन्धविच्छेद मुद्दाका गरी सात जना फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार