चेपाङ समुदायमाथि भएको घटनाको निष्पक्ष छानबिन गर्न माग
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार २३:३५:३७
१३ साउन, काठमाडौं । जवाफदेहिता निगरानी समितिले चितवनको चेपाङ समुदायमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारवाही गर्न माग गरेको छ ।
समितिमा संयोजक चरण प्रसाईंद्वारा आज जारी प्रेस विज्ञप्तिमा घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी चेपाङ समुदायको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षणका साथै मृतक राजकुमार चेपाङका परिवार र घाइतेलाई न्याय, उचित क्षतिपूर्ति तथा पुनःस्थापनाको व्यवस्था गरी दोषीउपर कानूनबमोजिम सजाय गर्न माग गरिएको छ ।
यही साउन १ गते चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको कुटाइबाट चितवन जिल्ला राप्ती नपा–२ मिलनटोल बस्ने २४ वर्षीय राजकुमार चेपाङ गम्भीर घाइते भई साउन ७ गते उपचारका क्रममा मृत्यु भएको थियो भने पाँच पुरुष घाइते भएका थिए ।
“चेपाङ समुदायका पाँच पुरुष र दुई महिला निकुञ्ज क्षेत्रभित्र घुँगी टिप्न गएको बखत नेपाली सेनाका अधिकारीले नियन्त्रणमा लिई निर्मम यातना दिएका थिए”, विज्ञप्तिमा भनिएको छ, “सुरक्षा निकायबाट भएका यस्ता गम्भीर घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानूनबमोजिम कारवाही हुनुपर्छ ।”
नेपालको संविधानमा सम्मानपूर्वक बाँच्न पाउने हक, यातना विरुद्धको हक, आवासको हक र सामाजिक न्यायको हकलगायत मौलिक हक अधिकार तथा नेपाल पक्षराष्ट्र भएका अन्तर्राष्ट्रिय कानूनका प्रावधान विपरीत कार्यहरू निकुञ्ज सुरक्षाकर्मीबाट भएको हुँदा नियमित फौजदारी न्याय प्रणालीअन्तर्गत घटनाको अनुसन्धान गरी दोषीउपर अभियोजन गर्न सरकारसमक्ष समितिले माग गरेको छ ।
यही साउन ३ गते चितवन जिल्लाको माडी नगरपालिकाको मध्यवर्ती वन क्षेत्रस्थित कुसुम खोलामा २०५३ सालदेखि बसोबास गर्दै आइरहेका चेपाङ समुदायका सुकुम्वासीको घरमा चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको टोलीले निकुञ्जको जग्गा खाली गर्ने भन्दै पूर्वजानकारी र वैकल्पिक व्यवस्थापनबिना दुई घरमा आगजनी गर्नाका साथै आठवटा घरमा हात्ती लगाएर पीडितको बासस्थान भत्काएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार