बागलुङमा भैँसीले शरीरजोडिएका पाडापाडी जन्मायो !
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार १६:९:४४
१४ साउन, बागलुङ । प्रसव व्यथाले च्यापेको १२ घण्टापछि यहाँका एक किसानले पालेको जोभैँसीले शरीरजोडिएका पाडापाडी जन्माएको छ । गलकोट नगरपालिका–७ मल्मका भविन्द्रबहादुर थापाको भैँसी ब्याउन नसकेपछि मानिसले तानेर पाडापाडी निकालेका थिए ।
जन्मिँदा जीवितै रहे पनि केहीबेरमा पाडापाडी मरेको छिमेकी विष्णु थापाले बताए । अघिल्लो दिन राति ९ बजेदेखि भैँसीलाई व्यथा चले पनि सोमबार बिहान मात्र पाडापाडी निकालिएको उनको भनाइ छ । “भैँसीलाई ब्याउन गाह्रो भएपछि हामीलाई बोलायौ, पाँच/सात जना युवा मिलेर बल्लबल्ल पाडापाडी तान्यौँ”, थापाले भने ।
नगरपालिकाको पशु सेवा शाखामा खबर गरे पनि वर्षाका कारण आउन नसक्ने बताएपछि बलपूर्वक तानेर पाडापाडी निकाल्नुपरेको उनको भनाइ छ । भैँसीले शरीर जोडिएका पाडापाडी जन्माएको पहिलोपटक देखेको थापाले बताए । दुई घण्टा लगाएर युवाहरुले जेनतेन पाडापाडी तानेका थिए । पाडापाडीको टाउको, खुट्टालगायत अङ्ग छुट्टाछुट्टै भए पनि शरीरको पछाडिको भाग जोडिएको थियो।
लिमी पाराकोटे जातको दोस्रो बेते उक्त भैँसीले एकसाथ पाडो र पाडी जन्माए पनि शरीर जोडिएका कारण बचाउन नसकिएको हो । ब्याएपछि भैँसी दिनभर बिरामी प¥यो । भकारोबाट उठ्नसमेत सकेको थिएन । सालनाल भने समयमै भएको थियो ।
भैँसीले मङ्गलबार बिहानबाट घाँसापानी खान थालेको र दूध पनि दिएको किसान भविन्द्रबहादुरले बताउनुभयो । गुनी भैँसी ब्याउन नसकेर थलिएपछि उहाँलाई पिरलो थपिएको थियो । शरीर जोडिएका पाडपाडी जन्मिएपछि गाउँलेले अनौठो मानेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्याउनुहुन्छ ? चराको प्वाँख २८ हजार डलरमा बिक्यो !
जेठ १०, २०८१ बिहिबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
दलित समुदायलाई पहिलोपटक बजेट
जेठ १५, २०८१ मंगलबार
श्रीलङ्काले यस वर्ष ‘अन्तर्राष्ट्रिय नरिवल सामुदायिक कार्यक्रम’ आयोजना गर्ने
जेठ १५, २०८१ मंगलबार
नासाको मिसनद्वारा शुक्र ग्रहमा ज्वालामुखी विष्फोट पत्ता लाग्यो
जेठ १५, २०८१ मंगलबार
बजेट स्वागतयोग्य : अध्यक्ष ढकाल
जेठ १५, २०८१ मंगलबार
अबण्डा बजेट करिब ७६ अर्ब
जेठ १५, २०८१ मंगलबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार