बन्दाबन्दी खुल्यो, सडक खुलेन
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार २१:४५:५५
१४ साउन, मनाङ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकभर गरिएको बन्दाबन्दी खुलेसँगै मानिसको दैनिकी सामान्यरुपमा फैर्किदैछन् । बजारमा किनमेल र दैनिक कामकाजका लागि वातावरण सहज हुँदै जाँदा सर्वसाधारण काममा फर्किन थालेका छन् । बन्दाबन्दीमा घर गएका धेरैजसो ठाउँका व्यक्ति काममा फर्किने क्रम बढेको छ ।
मनसुन शुरु भएसँगै परेको वर्षाले पहिरा खस्दा हिमालपारीको जिल्ला मनाङ जाने एकमात्र बेँसीशहर–चामे सडक लामो समय भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । यस सडकखण्डको ठाउँ–ठाउँमा पहिरा खस्दा सवारी आवागमन ठप्प भएको १३ औँ दिन बितिसकेको छ । बाढीपहिराले स्थानीय जनजीवन कष्टकर बनाएको छ भने पैदलयात्रु ज्यानै जोखिममा राखेर हिँड्न बाध्य भएका छन् ।
बेँसीशहरबाट चामे मनाङ सडकखण्डमा पर्ने बेलाउँती, बिसाउनी, ङादी र मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चे र मनाङ नासों गाउँपालिका–१ म्यार्दी भिरको पहिरोले आवगमन ठप्प भएको छ । गत साउन २ गतेदेखि परिरहेको अविरल वर्षाका कारण यो सडकखण्ड पूर्णरुपमा अवरुद्ध हुँदा समस्या भएको छ । यात्रु ज्यान जोखिममा राखेर हिँड्न बाध्य छन् भने खाद्यान्नलगायत विकास निर्माणका सामग्री ढुवानी गर्न कठिन भएको छ ।
“बाटो खुल्ला र सामान लैजाउँला भन्दाभन्दै १३ दिन बितिसक्यो, अझै खुल्ने मेसो देखिएन, बेँसीशहर बसेको पनि १४ दिन भयो”, मनाङ नासोंका राजु गुरुङले भने । उपभोक्ता समितिको मातहतमा निर्माण भइरहेका खानेपानीलगायतका साना आयोजना समयमा काम सम्पन्न हुन सकेका छैनन् ।
त्यस्तै मनाङ र लमजुङ जिल्ला प्रशासनको पहलमा सडक डिभिजन कार्यालयले दुवैतर्फ बाटो खुलाउने प्रयास गरे पनि पहिरो खस्ने क्रम नरोकिएकाले अझै केही समय लाग्ने जनाएको छ । निरन्तर परेको पानीले थप समस्या परेको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए । उनका अनुसार यस सडकखण्डमा जताततै पहिरो खसेको हुँदा काम गर्ने कामदारलाई पनि निकै सास्ती भइरहेको छ । सडक समयमा नखुल्दा बिरामी कर्मचारी र सर्वसाधारण मर्कामा परेका छन् ।
बन्दाबन्दीमा घर फर्किएका कामदार काममा फर्किने क्रम जारी छ । तर सडक सहज नहुँदा जोखिममा यात्रा गरिरहेका छन् । रसुवा, धादिङ, नुवाकोट र गोरखालगायतका जिल्लाबाट कामदार मनाङका गाउँमा सडक, खानेपानी र भवन निर्माणजस्ता काम गर्ने गर्छन् । बन्दाबन्दी खुलेसँगै काममा हिँडेका कामदारसमेत सडक सञ्चालन नहुँदा कठिनाइका साथ जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको रसुवाबाट मनाङ जाँदै गरेका कामदार कान्छा लामाले बताए । “बाटो खुल्ने आशामा तीन दिन बेँसीशहर बसेको थिएँ, तर बाटो खुल्ने अवस्था नदेखिएपछि जोखिम मोलेरै हिडेको हुँ”, उनले भने ।
बेँसीशहरदेखि चामेसम्म जम्मा ६५ किलोमिटर दूरी रहेको यस सडकखण्डमा ३५ किलोमिटर लमजुङमा पर्छ । उक्त सडक खण्डको झण्डै सबै क्षेत्र पहिराको जोखिममा छ । यस सडकमा वर्षेनी पहिराले गर्दा सास्ती खेप्दै आएको स्थानीयवासीको गुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त
मंसिर १७, २०८१ सोमबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धी रविको बयान सकियो, अब पोखरा फर्काइने
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरमा एमाले भन्दा कांग्रेस ५७२ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार
मिथिलामा विवाहपञ्चमी महोत्सवको रौनक
मंसिर १७, २०८१ सोमबार
१९.९७ अंकले बढेर २७५८ विन्दुमा उक्लियो नेप्से, १० अर्ब ५४ करोडमाथिका शेयर किनबेच
मंसिर १७, २०८१ सोमबार
११ महिनापछि पेशी चढेको रवि लामिछानेको राहदानी दुरुपयोगविरुद्धको रिट हेर्न नभ्याइनेमा
मंसिर १७, २०८१ सोमबार