नाष्टले बनायो ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार २२:२१:५२
१४ साउन, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट) ले मुलुकमा पहिलो पटक मोबाइल स्वाब कलेक्शन भेहिकल अर्थात् स्वाब सङ्कलन गर्ने प्रविधि प्रयोगमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ महामारीको सङ्क्रमणले बिरामीबाट चिकित्सकलाई सजिलै जोगाउन नाष्टले उक्त प्रविधि निर्माण गरेको हो । ‘समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवत्र्तन’ भन्ने मूल नारालाई अघि सार्दै नाष्टले नेपाली सेनाको सहयोगमा प्राप्त टोयटा गाडीमा आवश्यक प्रविधि जडान गरी स्वाब सङ्कलन गर्ने व्यवस्था गरेको वरिष्ठ प्रविधि अधिकृत डा शङ्कर ढकालले बताए ।
उनले भने, “कोरोना प्रभावित व्यक्ति र चिकित्सकबीच स्वाब सङ्कलन गर्दा बढ्ने सक्ने खतरालाई अन्त्य गर्न यस प्रविधिले निकै सहयोग गर्नेछ, यस भेहिकलमा पिपिई ग्लोब्स, पोजिटिभ पे्रसर च्याम्बर, भाइरस फिल्टर गर्ने प्रविधि र आइस बक्सलगायत आवश्यक वस्तु जडान गरिएको छ ।” कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी० छाउनीको संयोजनमा एउटा भेहिकल निर्माण सम्पन्न गरिसकिएको डा ढकालले जानकारी दिए ।
सो भेहिकल नाष्ट कार्यालयमा पाँचछ दिन लगाएर करीब २५ जना विभिन्न विधाका मानिस जुटेर बनाएका हुन् । सिंहदरबारभित्र पहिलो चरणमा यस प्रविधिको प्रयोग गरी स्वाब सङ्कलन गरिने भएको छ । सो भेहिकल चिकित्सकले खुट्टाले स्विच अन गर्दा पिपिई ग्लोब्स र चालकले हातले स्विच अन गर्दा पूरै भेहिकल सङ्क्रमणमुक्त गर्न सकिने बनाइएको डा ढकालले बताए ।
भेहिकलबाट सङ्कलित स्वाब भने त्यसभित्र रहेको आइस बक्समा राखिनेछ । बक्समा राखिएको स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइन्छ । नाष्टले मुलुकका हरेक प्रदेशमा यस्तो भेहिकल निर्माण गर्ने योजना बनाइसकेको डा ढकालले बताए । नाष्टका केही प्रतिनिधिले सिसिएमसीलाई विभिन्न मन्त्रालयका सचिव, नेपाल पुलिस र नेपाली सेनासमक्ष मङ्गलबार सो भेहिकल हस्तान्तरण गरेको बताइएको छ ।
कोरोना महामारी नियन्त्रणमा सो भेहिकल उपयोगी बन्दै गए अन्य पनि बनाउन सकिने प्रविधि सङ्काय प्रमुख डा रवीन्द्रप्रसाद ढकालले बताए । उनले भने, “यसका अलवा हामीले केही समयअघि ‘समृद्धिका लागि नवप्रवत्र्तन’ र ‘कोभिड–१९ प्रतिरोधात्मक प्रविधि विकास’ गर्न गत आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत करीब रु दुई करोड २० लाखको अनुदान सहयोग गरेका छौँ ।”
नवप्रवत्र्तन शीर्षकमा १३ र कोभिड प्रविधि विकासमा २० गरी कूल ३३ जनालाई वृत्तिविकास गर्न अनुदान प्रदान गरिएको डा ढकालले जानकारी दिए । नयाँ तवरको सोचलाई उत्पादनमा रुपान्तरण र नवप्रवत्र्तनलाई संरक्षण तथा उद्योगसँग जोड्न नाष्टले पहिलो पटक सरकारीस्तरबाट यी दुई शीर्षकमा अनुदान रकम सहयोग गरी मुलुकमा नयाँनयाँ प्रविधि विकास गर्ने प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताए ।
यसअघि गत वर्ष वैशाख ४ गते नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) प्रक्षेपण गरिएको थियो । नाष्टका वैज्ञानिकले जापानमा बनाएको सो स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेशन एजेन्सी (ज्याक्सा) को सहयोगमा प्रक्षेपण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार