नेपाली कांग्रेसमा नरेन्द्र मोदीको खोजी भईरहेको छ
इन्द्र रिजाल
साउन १४, २०७७ बिहिबार २:८:१३
१४ साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रखर वक्ता, बौद्धिक व्यक्तित्व एवं चर्चित केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेपाली कांग्रेसलाई उर्जाशील बनाउन सबैले त्यागको भावना लिनुपर्ने बताएका छन् । आसन्न चौधौं महाधिवेशनको मुखैमा पार्टी सभापति शेरबहादुर देउवाले सहमति विपरित एकलौटी रुपमा विभाग र भातृसंस्थामा मनोनयन गर्दा एकताको सन्देश नगएको उनले प्रष्ट्याएका हुन् ।
नेपालबहस डटकमसँगको टेलिफोन कुराकानीमा युवा नेता घिमिरेले भने – नेतृत्व पंक्ति सम्पूर्ण रुपले महाधिवेशनमा केन्द्रित भएकाे बेला पार्टी नेतृत्व आफु अनुकुल निर्णय गर्न अग्रसर भएको छ, तर यसले समग्र पार्टी पंक्तिलाई भने निराश बनाएको छ । अहिले सत्ताधारी नेकपा भित्र विकसित खिचातानीले लोकतन्त्र नै खतरामा परेको अवस्था रहेको औंल्याउँदै नेता घिमिरेले अब नेपाली कांग्रेस हाँक्नसक्ने क्षमता युवा पुस्तामा मात्र रहेकाले पुरानो पुस्ताले अभिभावकको भूमिकामा बस्दा उचित हुने बताए ।
यसका लागि हामी युवा पुस्ताका १५ जना केन्द्रीय सदस्यहरु एकजुट भएर पहिलेदेखि नै लागेका छौं, त्यसको बैठक आज भोलि नै बस्ने छ– उनले भने । युवा पुस्ताका अरु साथीहरुलाई पनि हाम्रो अभियानमा समेटेर अगाडि बढ्ने तयारीमा आफुहरु लागेको नेता घिमिरेले बताए । युवा पुस्ताबीच हुने छलफल नै पुरानो पुस्ताका लागि उचित सल्लाह हुने उनले बताए । हामीले अहिलेको नेकपासँग प्रतिस्पर्धा गर्न सोही अनुसारको नेतृत्व र क्षमताको विकास गर्नुपर्ने भएकाले युवा पुस्तालाई नै अगाडि बढाउँदा पार्टीलाई बल पुग्ने पनि उनले दावी छ ।
सत्तारुढ नेकपा भित्रको अन्तद्र्वन्द्व हाम्रो चासोको विषय नभएपनि त्यसले समग्र राजनीतिलाई प्रभावित पार्न सक्ने भएकाले कदाचित नेकपा विभाजित हुँदा विकल्पमा आम निर्वाचन नै हुने अनुमान उनको छ । यस्तो अवस्था आयो भने नेपाली कांग्रेसले सम्भावित चुनौतीको सामना गर्न सक्ला त ? उनले प्रश्न गरे । त्यसैले हामी भोलि आइपर्ने सबैखाले चुनौती सामना गर्न तत्पर हुनुपर्छ – युवा नेता घिमिरेको भनाई छ ।
यतिखेर बिशेप परिस्थिति भएकाले पुर्नउत्थानवादी शक्ति सक्रिय हुने अवस्थाप्रति चिन्ता प्रकट गर्दै नेता घिमिरेले भने – यसबाट गणतन्त्र नै संकटमा पर्न सक्छ । त्यसका विरुद्ध लड्न हाम्रो आन्तरिक एकता आवश्यक छ । सबै गुटमा आबद्ध देखिने नयाँ पुस्ताका सबै साथीहरू एक भएर जानुपर्ने अवस्था छ, पहिला देश अनि मात्र प्रजातन्त्र र पार्टी हो, त्यसैले पुराना पुस्ताका नेताहरूले यस कुरालाई आत्मसाथ गर्न सक्नुपर्छ ।
नेपाली कांग्रेसमा पुराना पुस्ताका नेताहरु आपसमा जुधिरहेका छन्, त्यसले पार्टीको उर्जा अनावश्यक क्षेत्रमा खर्च भइरहेकोतर्फ संकेत गदै पुरानो पुस्तालाई झगडा बढाउनेभन्दा न्यूनीकरण गर्न युवा पुस्ताले प्रोत्साहित गर्नुपर्ने बताए । अब कांग्रेस हाँक्ने युवा पुस्ताले नै हो भन्दै उनले पहिला आफूहरु आफैं बसेर मिलाउने र पछि अरु गुटमा आबद्ध युवा नेताहरुलाई एउटै मुद्धामा ल्याउने दावी गरे । पहिला हामी छलफल गछौंं, त्यसपछि अरु युवा पुस्ताका साथीहरुसँग पनि मिलेर जान आग्रह गरिनेछ– नेता घिमिरेले भने ।
हामीबीच नै एकता भएन भने स्वभाविक रुपमा पुराना पुस्ताका नेताले नै नेतृत्व सम्हाल्ने अवस्था आउने उनले बताए । तर यसका लागि अब भने उहाँहरुले आफूलाई सुधार्नैपर्छ भन्दै घिमिरेले उहाँहरूले पार्टीका युवा पुस्ताको विश्वास जित्न सक्नुपर्छ, नत्र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए ।
सभापति देउवाले भर्खरै युवा पुस्ताका नेताहरुसँग छलफल गर्दा भनेको प्रसंग उल्लेख गर्दै उनले भने – उहाँले आफूले पनि गिरिजाप्रसाद कोइरालासँग नेतृत्व लडेर लिएको सुनाउनु भएको थियो । त्यतिखेर कोइरालालाई चुनौती दिएर मात्रै आफू नेतृत्वमा स्थापित भएको प्रसंग ल्याएको भन्दै देउवाले अहिलेको पुस्तामा त्यो चुनौती सामना गर्ने क्षमता नदेखिएकाले फेरि पनि नेतृत्वमा रहने आफ्नो योजना सुनाएको पनि घिमिरेले स्मरण गरे ।
राजनीतिमा नयाँ सम्भावना भएको व्यक्तिले पनि नेतृत्व गर्नुपर्ने धारणा राख्दै युवा नेता घिमिरले भने–भारतमा नरेन्द्र मोदी जुनियर भएपनि भारतीय जनता पार्टी जस्तो ठूलो दलको नेतृत्व गरे । किनभने उनले पुरानो पुस्ताका नेताहरुलाई उछिनिदिए , यद्यपि उनी सहमति मै नेतृत्वमा आए, किनभने क्षमतावान थिए । कांग्रेसमा पनि नरेन्द्र मोदीको खोजी भइरहेको नेता घिमिरेको भनाई छ । भोलिका दिनमा त्यस्तै मानिस आउन सक्छ कांग्रेस पार्टीको नेतृत्व गर्न – उनले थपे – अहिले नेपाली कांग्रेस परम्परागत गुटबन्दीबाट मुक्त भएर सबै एकै ठाउँमा बस्नुपर्ने बेला भएकाले नेतृत्व चयन गर्दा धेरै ध्यान दिनुपर्ने अवस्था छ ।
यसैगरी नेपाली कांग्रेस भित्र अनुशासनको नाममा गरिएको कारबाही व्यक्तिगत आवेगको परिणाम भएको पनि उनले बताए । नेपाली कांग्रेसका पुराना नेता सनातनी झगडामा अल्झिएको प्रसंग झिक्दै उनले भने – पार्टी सभापति र वरिष्ठ नेताहरु नै अनुशासनका नाममा व्यक्तिगत रिस पोख्ने काममा लाग्नु उपयुक्त हाेइन ।
तीन जना नेतालाई भर्खर अनुशासनको कारबाही गर्न सिफारिश गरिएकोप्रति उनले टिप्पणी गर्दै यसले समग्र कांग्रेसको शक्ति विस्तारमा ठूलो वाधा अड्चन आउन सक्ने औंल्याए । त्यति धेरै लगानी भएका नेताहरुलाई पाँच वर्ष कारबाही गर्ने सिफारिश कुनैपनि दृष्टिले न्यायोचित नभएको पनि उनको ठहर छ । गलत गरेकै भए कारबाही गर्ने अरु नै धेरै ठाउँ थिए, तर नेताहरुको व्यक्तिगत ईवी साध्न पार्टीबाटै निकाला गर्ने काम गरिनु युक्तिसंगत नरहेको उनकाे व्यक्तिगत धारणा थियाे ।
एक अर्काे प्रसंगमा युवा नेता घिमिरेले पार्टीमा नव आगन्तुकहरुलाई विभिन्न पद दिएर भित्र्याउने कामले कस्तो प्रभाव पार्ला,त्यो भने परीक्षण कै क्रममा रहेको बताए । हिजो मात्रै राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गरेका पूर्वमन्त्री सुनिलबहादुर थापा पार्टीका लागि सम्पति नै हुने बताए । उनको प्रवेशले समग्रमा नेपाली कांग्रेसलाई पूर्वी पहाडी जिल्लामा राम्रो प्रभाव पार्ने भन्दै उनले थापाको आगमन कांग्रेसका लागि सुखद रहेको प्रतिक्रिया दिए ।
गगनले सभापति घोषणाको कुरा हामी युवाहरूकाे वैठककाे एउटा अजेण्डा हाे । किनभने उनले भनेकै छन् कि तपाई सिनियरहरु तयार हुनुहोस् नत्र मलाई समर्थन गर्नुस् । याे उनकाे सह्रानीय कुरा हाे ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपछोटो अवधिमा सरकार परिवर्तन भइरहने कुरा नेपालका लागि महारोग नै भयो: धनराज गुरुङ
बैशाख २१, २०८१ शुक्रबार
सम्पदा संरक्षणमा उदाहरणीय नगर प्रहरी
पुष २९, २०८० आइतबार
संविधान संशोधनतिर भन्दा यसको प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्छ : सभामुख घिमिरे
असोज १, २०८० सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार