किसानलाई आधुनिक कृषि उपकरण वितरण
नेपालबहस संवाददाता
साउन १५, २०७७ शुक्रबार १:१९:५७
१५ साउन, स्याङ्जा । तरकारी उत्पादनमा बृद्धि गर्न आधुनिकीकरण गरेर तरकारी उत्पादनमा बृद्धि गर्ने उदेश्यले किसानहरुलाई आधुनिक कृषि उपकरण वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तरकारी ब्लक कार्यक्रमले किसानहरुलाई कृषि उपकरण वितरण गरेको हो ।
तरकारी ब्लक क्षेत्र निर्माण गरी यहाँका किसानलाई तरकारी उत्पादनमा सहजता प्रदान गर्ने उदेश्यले विगत ३ बर्ष देखि आधुनिक उपकरण वितरण गरिदै आएको छ । नेपाल सरकार कृषि मन्त्रालय कृषि ज्ञान केन्द्र स्याङजाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत सहभागितामा आवश्यक पर्ने कृषि उपकरण उपलव्ध हुदै आएको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीका अध्यक्ष केदार काफ्लेले बताए । यो दश बर्षे योजना हो अध्यक्ष काफ्लेले भने,“सात कृषि सहकारी मिलेर तरकारी ब्लक एरिया बनाएका छौं ।”
एक ब्लक एरियामा २ हजार रोपनी जग्गामा तरकारी लगाउदा यो सुविधा पाईदो रहेछ उनले भने । तरकारीको पकेट क्षेत्रको रुपमा चिनिएको यो ब्लकलाई तरकारीवालीलाई उत्पादनमा बढावा दिने यो कार्यक्रमको लक्ष्य रहेको छ । चौथो बर्ष शुभारम्भ गरेको यो कार्यक्रमले ४ सय किसान लाभान्वित भएका छन् ।
१० बर्ष सम्म ५ हजार भन्दा बढी किसान लाभान्वित हुने अध्यक्ष काफ्लेले बताए । तरकारीमा वालिङलाई आत्मनिर्भर बनाउने लक्ष्य वालिङ नगरपालिकाले लिएको र सोही अन्तर्गत यो कार्यक्रमले अझै किसानमा हौसला थप्ने वालिङ नगर उपप्रमुख कल्पना तिवारीको भनाई थियो ।
उपप्रमुखको प्रमुख आथित्यतामा वितरण गरिएको कार्यक्रममा यहाँका किसानलाई उत्पादनमा जोड्न नगरपालिका भरपुर प्रयासमा रहेको तिवारीको भनाई छ । उत्पादनको दायरा बढाउन सके मात्रै नगरपालिका आर्थिक समृद्धिमा लाग्ने छ उपप्रमुख तिवारीले भनिन्,“जोस र जागरलाई कृषिमा लगानी गर्दै उत्पादनमा जोड दिने काम गरौं ।” उत्पादनको बजार नभए नगरपालिकाले व्यवस्थापन गर्छ उनले भनिन् ।
हरेक बर्ष किसानको आवश्यकताको पहिचान गरी कृषि उपकरण वितरण गरिदै आइएको छ । तरकारी उत्पादनमा सहजता प्रदान गर्न हाते ट्याक्टर, पानी तान्ने मोटर, हजारी, ठेला गाडी पोखरी निर्माण, डिजिटल किलाकाटा लगायतका उपकरण किसानलाई वितरण गरिएको छ । विउ विजन देखि जैविक मल पनि किसानलाइक्षर्् उपलव्ध गराउदै आएको बताइएको छ । १० बर्षमा यो तरकारी ब्लक क्षेत्रमा करिव ४ हजार रोपनीमा तरकारी उत्पादन गर्ने लक्ष्य सहित अगाडी बढिएको छ ।
जसले गर्दा यहाँका किसानको आम्दानीमा समेत बृद्धि हुने अपेक्षा यो कार्यक्रमले लिएको छ । यो ब्लक क्षेत्रमा त्रियासी कृषि, भयरथान कृषि, नमुना कृषि, देउराली महिला कृषि, चण्डीडाँडा कृषि, पित्लेक कालिका कृषि र जनकल्या कृषि सहकारी आवद्ध रहेका छन् । सबै सहकारीमा आवद्ध किसान तरकारी उत्पादनमा सहभागी छन् । सरकारले गरेको ५० प्रतिशत अनुदान र आफै गरेको ५० प्रतिशत सहभागिताले किसानलाई तरकारी उत्पादनमा जिम्मेवार र हौसला हुने विश्वास कृषि ज्ञान केन्द्र स्याङ्जाको रहेको छ ।
ब्लक एरियाका सचिव निलकण्ठ लामिछाने, वालिङ नगरपालिकाका सामाजिक विकास अधिकृत पदमप्रसाद पाण्डे र शेयर सदस्य हुमनाथ पाण्डे लगायतले उपलव्ध सामाग्रीको भरपुर उपयोग गरी उत्पादनमा जोड दिन आग्रह गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार