दुई हजार विद्यार्थीलाई एभोकाडो बिरुवा वितरण
नेपालबहस संवाददाता
साउन १५, २०७७ शुक्रबार १:२३:३१
१५ साउन, स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका अन्तर्गत १८ वटा विद्यालयका कक्षा ६ देखि १२ सम्मका २ हजार विद्यार्थीलाई निःशुल्क ऐभोकाडोको बिरुवा वितरण गरेको छ । प्रती विद्यार्थी ५ वटा र प्रत्येक विद्यालयलाई ५ वटा गरी जम्मा १० हजार ७ सय एभोकाडोको बिरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए ।
एभोकाडो (घ्यू फल) मा अत्याधिक पौष्टिक तत्व पाइने भएकोले बजारमा यसको माग धेरै रहेको र थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले यो अभियान शुरु गरेको अध्यक्ष पौडेलले बताए । स्वास्थ्यका लागि पनि लाभदायक मानिने एभोकाडो खेतीमा विद्यार्थीलाई आकर्षित गर्ने उद्देश्य गाँउपालिकाको हो अध्यक्ष पौडेलले भने,“ विद्यार्र्थीलाई उत्पादन सँग जोड्ने कार्यक्रम अन्तर्गत विरुवा वितरण गरेका हौं ।” विद्यार्थीलाई भविष्यमा आर्थिक रूपले सक्षम बनाउन आजैदेखि व्यावसायिक खेती तर्फ आकर्षित गर्न आफूहरूले जोड दिएको अध्यक्ष पौडेलले बताए ।
बिरुवा रोपेको ४ देखि ६ वर्षभित्र उत्पादन दिने भएकोले अहिले रोपेको बिरुवाले कलेज पढ्ने बेलामा विद्यार्थीले आफ्नो कलेज फी आफैँ तिर्न सकुन् भन्ने लक्ष्य गाँउपालिकाको रहेको पौडेलले बताए । अधिकांश व्यापारीले बोटै मोल मोलाई गरेर एभोकाडोको फल खरिद गरेर लैजाने गरेको कृषि शाखाले जनाएको छ ।
यो क्षेत्रमा एभोकाडो फल्ने हुनाले यो फललाई प्रथामिकता दिएको बताइएको छ । फल्ने सिजनको सुरुवातीमा प्रति किलो एक सय ५० रुपैयाँदेखि मुल्य सुरु भएर सिजनको अन्तिम सम्म पाँच सय रुपैयाँ प्रति केजीसम्म विक्रि गर्न सकिने कृषि शाखाले जनाएको छ ।
प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने एभोकाडो उच्च रक्तचाप, मधुमेह, मुटु रोगका बिरामीका लागि लाभदायक मानिन्छ । पचास वर्षसम्म उत्पादन दिने एउटा बोटमा वार्षिक २०० किलोसम्म फल लाग्ने र समुन्द्री सतहदेखि चार सयदेखि एक हजार ७०० मिटर उचाइको पहाडी भूगोलमा हुने एभोकाडोको खेती आँधीखोला गाउँपालिकाको हावापानीमा पनि सम्भव भएको कृषि प्राविधिक बिबेक आचार्यको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार