अभियुक्तले नै प्रहरीलाई सुन दिएर भागेको खुलासा
नेपालबहस संवाददाता
साउन १६, २०७७ शुक्रबार १७:२३:५९
१६ साउन, काठमाडौं । १५ किलो सुन भनिएको कमलादी प्रकरणमा नयाँ नयाँ तथ्य बाहिर आउन थालेका छन् । कमलादीबाट प्रहरीले बरामद गरेको भनिएको सुन अभियुक्तले फालेको नभई जवानलाई दिइएको पाइएको छ ।
दरबारमार्ग प्रहरी प्रमुख डीएसपी रञ्जनकुमार दाहाललाई समेत गलत सूचना दिएर प्रहरी जवान बहादुरसिंह कडायतले सुन्धारामा सुन लिएका थिए । एसएसपी सुशीलकुमार यादव नेतृत्वको छानविन समितिले दरबारमार्ग प्रहरीको सीआरभी टोलीका चालक कडायतलाई हातमा सुन दिइएको जनाएको छ ।
घटनामा पक्राउ परेका तीन अभियुक्तले कडायतलाई सुन दिएको बताएपछि नयाँ तथ्य बाहिर आएको हो । जवान कडायत लामो समय लाजिम्पाट विटमा काम गरेका थिए । त्यहीँ उनको जेम एण्ड ज्वलरी पसलका सञ्चालक कौशल पटेलसँग चिनजान भएको थियो । पटेल तिनै हुन्, जसले अवैध १५ किलो सुन आउँदैछ भन्ने सूचना कडायतलाई दिएका थिए ।
कडायतले यो सूचना दरबारमार्ग प्रहरीका घुमुवा प्रसन श्रेष्ठलाई दिएका थिए । र, श्रेष्ठले डीएसपी दाहालसम्म यो सूचना पुर्याएका थिए ।
उनलाई प्रहरीले मंगलबारै पक्राउ गरिसकेको छ । घटनामा संलग्न भएका आरोपमा पूर्वी नवलपरासीबाट पक्राउ परेका देवान पटेलका उनी भाइ समेत हुन् । सुन छाडेको नभई अभियुक्तले नै मिलेमतोमा सुचना लुकाएर दबाउन खोजिएको पाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र दरबारमार्गका प्रहरीमाथि थप आशंका बढाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
सभामुखद्वारा नेपाल संवत् ११४५ को शुभकामना
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवतले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास
कात्तिक १७, २०८१ शनिबार
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ?
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री
कात्तिक १७, २०८१ शनिबार
कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा गरिंदै
कात्तिक १७, २०८१ शनिबार