‘कुअन्न मानिने कोदो सुन अन्नको रुपमा उपभोग
नेपालबहस संवाददाता
साउन १६, २०७७ शुक्रबार २३:१३:५
◊ राजाराम कार्की
१६ साउन, काठमाडौं । कुअन्नका रूपमा मानिँदै आएको कोदोको अहिले उच्च ओहोदा तथा घरानियाँ भनिएका व्यक्तिका घरघरमा उपभोग बढ्न थालेपछि यसलाई ‘सुन अन्न’ भन्न थालिएको छ । कुनै बखत कुलीन, जमिन्दार, हुनेखाने तथा घरानियाँका भान्सामा वर्जित कोदो खाएमा जातै जाने भनिन् । गरिब, हरुवाचरुवा हली, गोठाला तथा कृषि मजदुरले कोदोको पीठोबाट तयार हुने रोटी, ढिँडो, पानरोटी र खोले (सुप) बनाएर खाने गर्दथे ।
स्वास्थ्यका क्षेत्रमा काम गर्नेहरु कोदोको ढिँडो, रोटी वा सुप बनाएर खानाले मधुमेह तथा रक्तचापका बिरामीका लागि फाइदा पुग्ने बताउँछन् । त्यसैले हिजोआज उनीहरुका भान्सामा कोदोबाट तयार गर्न सकिने विभिन्न स्वादमा पकवान बन्न थालेपछि यसको माग वृद्धि हुँदा आयात बढेको अनुमान लगाउन थालिएको छ । यद्यपि कोदोखेती हुन छोडेपछि आयात बढेको भन्नेहरु पनि छन् ।
त्यसो त कोदोबाट तयार पारिने रक्सीलाई नेपाली उत्पादन बनाएर बिक्री वितरणमा ल्याउनुपर्छ भन्ने मागसमेत बढ्दै गएकाले कोदोका आयात बढेको अनुमान लाउन सकिन्छ तर त्यही कोदो पाँचतारेदेखि छाप्रे होटलसम्म विभिन्न पकवानका रूपमा पाउन थालेपछि आयात अकासिएको हो । आर्थिक वर्ष २०७५/७६ मा रु आठ करोडको आयात भएको कोदो आर्थिक वर्ष २०७६/०७७ सम्म आइपुग्दा रु आठ करोड ३० लाख पुगेको छ ।
विश्व खाद्य सङ्गठनले अन्नबालीमध्ये कोदोलाई १० औँ स्थानमा गणना गरेको छ । कोदाको पीठोको ढिँडो र स्थानीय जातको ९लोकल० कुखुराको मासुसँगको स्वाद लिन मानिस ग्रामीण छाप्रे होटेलसम्म धाउन थालेका छन् । कोदोको ढिँडो, रोटी वा सुप बनाएर खानाले आडिलो हुनुका साथै स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । डा अरुणा उप्रेती लामो यात्रामा निस्कँदा कोदाको रोटीनै खानुपर्छ भन्नुहुन्छ । त्यसो गर्नाले आडिलो हुनुको साथै स्वास्थ्यवद्र्धक हुने बताउछन् । उनी कोदोमा प्रशस्त फलाम पाइने हुनाले महिलामा देखिने रक्तअल्पताको समस्यालाई न्यूनीकरण गर्नुका साथै यसमा हुने क्याल्सियमले हाड तथा दाँतको विकास र तन्दुरुस्तीमा फाइदा पुग्ने बताउछन् । कोदोमा पाइने रेशाजन्य पदार्थले पेट सफा गर्ने भएकाले आन्द्राको क्यान्सरबाट बचाउँछ । कोदोमा प्रशस्त मात्रामा पोटासियम पाइने विभिन्न अध्ययनले देखाएको छ ।
पछिल्लो समय नेपालमा कोदोखेती गर्ने क्रम घट्दै गएका कारण आयात बढेको बताइएको छ । नेपालमा दुई लाख ६३ हजार हेक्टरमा कोदो खेती गरिने र यस वर्ष तीन लाख १४ हजार २२५ मेट्रिक टन कोदो उत्पादन भएको सरकारी तथ्याङ्क छ । नेपालको चौथो प्रमुख अन्न बाली विगतमा विपन्न ग्रामीण समुदायको बाँच्ने आधार थियो । पछिल्लो समय यो क्रमिकरूपमा विस्थापित हुँदै गएको राष्ट्रिय कृषक समूह महासङ्घले राससलाई बताएको छ । एशोसिएशन अफ नेपाली एग्रिकल्चर जर्नलिष्ट ९अनाज० का सदस्य सुरेश यादवले कोदो रैथाने बाली भएकाले संरक्षणमा ध्यान दिनुपर्ने बताउछन् । त्यसो त महासङ्घले अर्को वर्ष कोदोको उत्पादन बढाउने उद्देश्यले राष्ट्रिय कोदो दिवस मनाउने तयारी गरेको छ ।
महासङ्घका पूर्वअध्यक्ष उद्धव अधिकारीले कोदोको प्रवद्र्धनमा सरकार उदासीन देखिएको बताउछन् । पौष्टिकताले भरिपूर्ण र मौलिक बालीका रूपमा परिचित कोदो खेतीमा लाग्न किसानको लगानीलाई आकर्षण गर्नु आवश्यक रहेको बताइन्छ । कोदो खेती साना तथा सीमान्त कृषकको जीविकाको आधार हो । सरकारले लगानीलाई आकर्षण गर्न किसानको हितमा कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । सन्तुलित फलाम तत्वयुक्त खाद्यान्न कोदो खेतीको भौगोलिक अवस्थाअनुसार सुधार गर्नुपर्ने बताइन्छ । कोदोमा प्रशस्त फलाम पाइने हुनाले महिलामा देखिने रक्तअल्पताको समस्यालाई न्यूनीकरण गर्नुका साथै क्याल्सियम हाड तथा दाँतको विकास र तन्दुरुस्तीमा महत्वपूर्ण मानिन्छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार