रानीकोट गढीका सिँढी तथा प्रवेशद्वार निर्माण सम्पन्न
नेपालबहस संवाददाता
साउन १६, २०७७ शनिबार ०:२३:३०
१६ साउन, भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं ७ र ८ को सिमानामा पर्ने प्राचीन रानीकोट गढीँको सिँडी तथा प्रवेशद्वारको निर्माण सम्पन्न भएको छ । वागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको पर्यटन प्रवद्र्धन आयोजनाअन्तर्गत रु एक करोडको लागतमा निर्माण भएको सिँढी तथा प्रवेशद्वारको सङ्घीय सांसद एवंपूर्वमन्त्री महेश बस्नेत आज उद्घाटन गरे । कार्यक्रममा सांसद महेश बस्नेतले भक्तपुरको आर्थिक उन्नतिको मेरुदण्डको रुपमा पर्यटन क्षेत्र रहेको बताउँदै पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन, संरक्षण तथा सम्बद्र्धन गर्नु तीनवटै तहका सरकारले विशेष योजनाका साथ अघि बढ्नुपर्ने बताए ।
पर्यटन क्षेत्रबाट सरकारलाई आर्थिक वृद्धिदर हासिल गर्नुका साथै हजारौँ युवालाई रोजगारीको अवसर प्रदान गर्ने बताउँदै उनले भक्तपुरको पर्यटनको विकासलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभयो । डेढ दर्जनभन्दा वढी हिमालको अवलोकन गर्न सकिने तथा उपत्यकाका मनोरम दृश्यावलोकन गर्न सकिने रमणीयस्थलको रुपमा रहेको रानीकोटको विकास तीव्ररुपमा भइरहेको बताए ।
रानीकोट, घ्याम्पे डाँडालगायत सूर्यविनायक क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रमा सूर्यविनायक, जगाती, गुण्डु, बालकोटलगायत क्षेत्रबाट जान मिल्ने गरी चौतर्फीरुपमा सडक निर्माण भएको, करोडौँको लागत होटलको निर्माण भइरहेको, इको भिलेज, बञ्जी जंम्प, प्याराग्लाइडिङदेखि जीप लाइनसम्मको निर्माण कार्य शुभारम्भ भइसकेकाले अबको केही वर्षमै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने सांसद बस्नेतले बताएका छन् ।
रानीकोट भक्तपुरको मात्र नभई मुलुककै पर्यटकीयस्थलको रुपमा परिचित भएको चर्चा गर्दै गर्दै उनलेले कोभिड–१९ को सङ्क्रमणको जोखिमले सुस्ताएको पर्यटनलाई फेरि ब्यूँताएर लैजानु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य शशीजङ्ग थापाले रानीकोटका विकासका लागि बजेट ल्याउन सफल भएको बताउँदै तीनवटै तहको बजेटले अबको केही वर्षमा भक्तपुरको मुहार फेरिदिने बताए । कार्यक्रममा सूर्यविनायक नगरपालिका उपप्रमुख जुना बस्नेत, वडा नं ८ का वडा अध्यक्ष किरण थापा र पनौती नगरपालिका–१ का अध्यक्ष गुणनाथ सापकोटालगायतले रानीकोटको महत्वमाथि प्रकाश पारेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार