सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका परीक्षा भदौमा हुने
नेपालबहस संवाददाता
साउन १६, २०७७ शनिबार ३:४७:७
१६ साउन, बैतडी । कोरोनाका कारण स्थगित भएका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विभिन्न सङ्कायका परीक्षा आगामी भदौदेखि सञ्चालन हुने भएका छन् । नेपाल सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि स्थगित गरिएका विश्वविद्यालयका विभिन्न सङ्काय अन्तर्गतका फरक÷फरक तहका परीक्षा आगामी भदौ तेस्रो सातादेखि सञ्चालन हुने भएका हुन् ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार एक सूचना निकालेर स्थगित स्नातक तह प्रथम र तृतीय सेमेस्टरका परीक्षाहरु कोरोनाको अवस्था सहज भएमा भदौ तेस्रो सातादेखि सञ्चालन गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यसैगरी स्नातक पाँचौँ र सातौँ सेमेस्टर तथा बिबिएस प्रथम, द्वितीय, तृतीय र चतुर्थ वर्षका परीक्षाहरु असोज दोस्रो साताबाट सञ्चालन गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी रहेको छ । साथै स्नातकोत्तर तह प्रथम र तृतीय सेमेस्टरका परीक्षार्थीलाई समेत उक्त समयमा तयारी अवस्थामा रहन भनिएको छ ।
परीक्षासम्बन्धी विस्तृत समय तालिका पछि प्रकाशित गरिने परीक्षा नियन्त्रक देवसिंह नाथले जानकारी दिए । उक्त मितिमा परीक्षाका लागि सम्बन्धित सरोकारवाला क्याम्पस तथा विद्यार्थीलाई तयारी अवस्थामा रहन पनिकाले आग्रहसमेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार