उपरथी हमालबाट फोर्स कमान्डरको कार्यभार
नेपालबहस संवाददाता
साउन १६, २०७७ शनिबार ५:४१:३४
१६ साउन, काठमाडौं । नेपाली सेनाका उपरथी ईश्वर हमालले संयुक्त राष्ट्रसङ्घको सिरियास्थित शान्ति मिसन ‘अनडोफ’फोर्स कमान्डरको कार्यभार सम्हालेका छन् । उक्त मिसनका निमित्त प्रमुख एमिदो मिसेलसँग गत शुक्रबार आयोजित समारोहमा उनले कार्यभार बुझेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यसबखत त्यहाँ तैनाथ शान्ति सैनिकको एक टुकडीले उनलाई सम्मानगारत अर्पण गरेको थियो ।
सो अवसरमा उपरथी हमालले शान्तिस्थापनामा सहयोग पु¥याउने मिसनको प्राथमिक लक्ष्य हासिल गर्न सबैको सहयोगको अपेक्षा गरे । संयुक्त राष्ट्रसङ्घका महासचिवले उपरथी हमाललाई गत फागुन १२ गते फोर्स कमान्डरमा नियुक्त गरेका थिए ।
कोभिड–१९ को जोखिमका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएपछि उनलाई त्यसतर्फ जान केही ढिलाइ भएको थियो । शान्ति मिसनको फोर्स कमान्डरको जिम्मेवारी सम्हाल्ने उपरथी हमाल छैटौँ नेपाली उच्च सैनिक अधिकृत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार