कारोबारकाे पहिलाे दिन अजोडको शेयरमा सकारात्मक सर्किट
नेपालबहस संवाददाता
साउन १८, २०७७ आइतबार २२:५७:३५
१८ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सुचीकृत भई कारोबार खुलेको पहिलो दिनमा नै अजोड इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट ब्रेक लागेको छ । ९.९७ प्रतिशतको सकारात्मक वृद्धिसहित अजोडले लगानीकर्ताको ध्यान तानेकाे छ । आज आइतबार सो कम्पनीको २९१ रुपैयाँबाट कारोबार सुरु भएको थियो । ब्रोकर नं. ५८ ले शुरुमा १० कित्ता शेयर बिक्रीका लागि हालेकामा सो शेयर ब्रोकर नं. ४७ ले खरिद गरेको थियो ।
विस्तारै कारोबार बढ्दै गयो । अजोडको शेयर बेच्ने भन्दा किन्नेको उल्लेख्य संख्या बढ्यो । त्यसपछि २९६, ३०१, ३०७, ३१३, ३१९ हुँदै ३२० मा अन्तिम कारोबार भएर आजको कारोबार रोकिएको छ । आज ४६० कित्ता शेयर १,४२,७९०/- रुपैयाँमा कारोबार भएको छ ।
अजोडले संस्थापकतर्फको ७० प्रतिशत र सर्वसाधारण तर्फको ३० प्रतिशतका दरको रू. १ अर्ब बराबरको १ करोड कित्ता शेयर सूचीकृत गराएको हो । नेप्सेले पहिलो कारोबारका लागि रू. ८७ देखि रू. २९१ सम्मको सीमा प्रदान गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार