स्याङ्जाको भालुपहाडमा बुलेट बाईकसहित बेपत्ता पंकज भेटिए, दुर्घटना कि हत्या ?
नेपालबहस संवाददाता
साउन १९, २०७७ सोमबार २३:७:५६
१९ साउन, स्याङ्जा । बुलेट बाईकसहित एक महिनादेखि बेपत्ता स्याङ्जाका पंकज गिरी मृत अवस्थामा भेटिएका छन् । स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं. २ भालुपहाडस्थित भीरमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी बिमलराज कणेलले जानकारी दिए ।
पंकजले लगाएको कपडाको आधारमा उनका बाबुले पहिचान गरेको कणेलको भनाई छ । यसअघि आईतवार सिद्धार्थ राजमार्ग भन्दा ५-६ सय मिटर तल भालुपहाडको फेदीस्थित सेतीखोलाको जलकुण्डमा बुलेट मोटरसाइकल भेटिएको थियो ।
स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ५ सेखाम काम्तीका १९ वर्षीय पंकज गिरी गत असार १८ गतेदेखि बुलेट मोटरसाईकलसहित बेपत्ता भएका थिए । पुतलीबजार नगरपालिकाको बाड्खोलाबाट साथीहरुसँग अन्तिम पटक सम्पर्कमा आएका उनी त्यही दिनदेखि बेपत्ता रहेका थिए । पंकजको मृत्यु भबितब्य हो या कर्तब्य गरी भएको हो भन्ने बारेमा एकिन भएको छैन। दुर्घटनावश वा कसैले मारेर ज्यान गएको हो भन्ने एकीन भएको छैन ।
खोलामा माछा मार्न गएका व्यक्तिले खोलामा मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीसहितको टोली सोमबार बिहानैबाट पंकजको खोजीमा जुटेको थियो । पोखरा महानगरपालिका वडा नं. ५ पस्र्याङमा बस्दै आएका मृतक गिरी ना ४० प ३७२० नम्बरको हरियो रंगको बुलेट बाइक भाडामा लिएर हिडेको आफन्तको भनाई छ । घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ ।
उनी हराएको खबर पाएपछि आफन्तले उनी निकट सबै साथीहरूलाई फोनबाट सोधपुछ गरे । तर पंकज कुनै साथी कहाँ पनि नगएको र पोखरा नआएको भन्ने खबर पाएपछि आफन्तले स्याङजा प्रहरी मात्र नभएर कास्की प्रहरीकहाँ समेत गुहार मागेको थियो ।
हराएको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालय स्याङजा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाममा समेत निवेदन दिएका छन् । पोखरा बाग्लुङ वसपार्कमा रहेको सुनिल अटो पार्टसमा काम गर्ने गिरी असार १८ गते स्याङजाबाट हिँडेको तर पोखरा आई नपुग्दा बीच बाटोमा कसरी हराए भन्ने प्रश्न उठेको थियो ।
गिरीले स्याङजाबाट आउँदा प्रयोग गरेको बुलेट बाइक लेकसाइडबाट भाडामा लिएको भन्ने खुलेको छ । उनले चैत ८ गते लकडाउन अघिनै लेकसाइडमा रहेको पोखरा मोटरसाइकल रेन्ट हाउसबाट बाइक भाडामा लिएको र सो वापत एकपटक २५ हजार र अर्को पटक १० हजार गरी ३५ हजार रकम बुझाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाथागढीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
कात्तिक १६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
कात्तिक १६, २०८१ शुक्रबार
भरतपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु
कात्तिक १६, २०८१ शुक्रबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
सभामुखद्वारा नेपाल संवत् ११४५ को शुभकामना
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवतले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास
कात्तिक १७, २०८१ शनिबार
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ?
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री
कात्तिक १७, २०८१ शनिबार
कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा गरिंदै
कात्तिक १७, २०८१ शनिबार