गण्डकी सरकारद्वारा प्रदेश प्रहरीलाई मोटरसाइकल हस्तान्तरण
नेपालबहस संवाददाता
साउन २०, २०७७ बुधबार १:४:१२
२० साउन, कास्की । गण्डकी प्रदेश सरकारद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतलाई उपलब्ध गराइएका ४ थान टाटा पिकअप भ्यान र २८ थान विभिन्न कम्पनीका मोटरसाइकल हस्तान्तरण गरिएको छ ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याललाई उक्त सवारी साधनहरू आइतबार आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् ।
प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरुमा आत्मनिर्भर बनाई चुस्तदुरुस्त एवं प्रभावकारी प्रहरी सेवा प्रवाह गरी आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभूति गराउने उद्धेश्यले उक्त मोटरसाइकल प्रदान गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
सो अवसरमा मुख्यमन्त्री गुरुङले शान्ति सुरक्षा लगायत अपराध अनुसन्धान तथा नियन्त्रणको क्षेत्रमा गण्डकी प्रदेश प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयहरुबाट उल्लेखनीय कार्य भइरहेको बताए । हस्तान्तरण गरिएका सवारी साधनले प्रहरी काम कारवाहीमा थप चुस्तता प्रदान गर्ने र प्रहरी कर्मचारीहरुको मनोबल समेत बृद्धि हुने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी, जनमुखी र समयसापेक्ष बनाउन स्रोतसाधनको अपरिहार्यता रहेको उल्लेख गर्दै प्रहरी ईकाइहरुलाई स्तरबृद्धि गरी साधनस्रोतले मजबुद बनाउन प्रदेश सरकार दृढ रहेको बताए ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले धन्यवाद मन्तव्य व्यक्त गर्दै हस्तान्तरित सवारी साधनले गण्डकी प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानका लागि पारदर्शिता, जवाफदेहिता र व्यावसायिकता सहित निष्ठापूर्वक कार्य सम्पादन गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव विष्णु प्रसाद नेपाल लगायत पोखरास्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
सभामुखद्वारा नेपाल संवत् ११४५ को शुभकामना
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवतले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास
कात्तिक १७, २०८१ शनिबार
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ?
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री
कात्तिक १७, २०८१ शनिबार
कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा गरिंदै
कात्तिक १७, २०८१ शनिबार