१२ अन्तराष्ट्रिय उडानबाट फर्किए १२ सय नेपाली
नेपालबहस संवाददाता
साउन २०, २०७७ बुधबार २:३:५३
२० साउन, काठमाडौं । विभिन्न मुलुकमा अलपत्र एक हजार ११५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई विभिन्न एयरलाइन्सको उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्काएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १२ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । नेपाल एयरलाइन्सले जापानको नारिताबाट २६४ यात्रु र तीन बच्चा काठमाडौँ ल्याएको छ । त्यस्तै कतारको दोहाबाट १५१ यात्रु नेपाल ल्याएको छ ।
सोही एयरलाइन्स थप नेपालीको उद्धारका लागि दोहा र दुबई प्रस्थान गरेको विमानस्थलले जनाएको छ । हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट १५३ यात्रु र दोहाबाट १५२ यात्रु काठमाडौँ ल्याएको छ । थप नेपाली ल्याउन हिमालयको जहाज दोहा र अबुधाबी उडेको छ ।
त्यस्तै एयर अरेबियाले सारजाहाबाट १६५ नेपाली काठमाडौँ ल्याएको छ । फलाई दुबईले दुबईबाट १५४ र मालिन्दो एयरले क्वालालम्पुरबाट १७६ नेपाली काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बुधबार पनि विभिन्न देशबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी १५ वटा चार्टर्ड उडान हुने विमानस्थलको तालिका छ । आज आन्तरिकतर्फ पनि नौ वटा एयरलाइन्सले विभिन्न गन्तव्यमा चार्टर्ड उडान गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार