जङ्गली जनावरले बालीनाली सखाप
नेपालबहस संवाददाता
साउन २१, २०७७ बुधबार १६:४६:१०
२१ साउन, बैतडी । जङ्गली जनावरले किसानको अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका सबैजसो क्षेत्रमा दिनमा बाँदर, रातिको समयमा दुम्सी र जङ्गली बँदेलले नष्ट गर्न थालेको हो । मकैबाली जङ्गली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नुपरेको दोगडाकेदार–३ श्रीकोटका प्रेमसिंह विष्टले बताए । उनले भने, “जङ्गली जनावर धपाउनकै लागि जाग्राम बस्नुपरेको छ ।”
सुर्नया गाउँपालिकाका पनि विभिन्न क्षेत्रमा लगाएको मकैबाली जङ्गली जनावरले खान थालेको छ । गाउँपालिका–७ को मालमपुर, सिजालगायतका क्षेत्रमा बँदेलले हैरान बनाएको स्थानीय दीपेन्द्र कुँवरले बताए । फौजी किरा र फेदकटुवा किराले अन्नबाली नष्ट गरेको तथा बँदेल जङ्गली जनावरले समेत अन्नबाली खाइदिँदा किसान भोकमरी हुने भन्दै चिन्तामा परेका छन् । विभिन्न रोग किराबाट बचाएर पसाउन लागेको मकैबाली जङ्गली जनावरले नष्ट पार्ने गरेको स्थानीय गजबहादुर गोयलाले बताए ।
मकैबाली जोगाउन धौधौ
बैतडीका किसानलाई मकैबाली जोगाउन धौधौ परेको छ । प्रत्येक वर्षजस्तै यस वर्ष पनि जङ्गली बँदेल, दुम्सीलगायतका जनावरले मकैबाली सखाप पारेको किसान बताउँछन् । जिल्लाको सबैजसो स्थानीय तहमा जङ्गली बँदेलले मकैबाली नष्ट गर्ने गरेको किसानले बताएका छन् । जङ्गली बँदेलले खेतमा लगाएको मकैबाली पूरै नष्ट गरेको दशरथचन्द नगरपालिका–१ का किसान वीरबहादुर टेरले बताए ।
मकैबाली जोगाउन रातभर पहरा दिए पनि जङ्गली बँदेलले मकैबाली नष्ट गर्ने गरेको सुर्नया–६ का केशवदत्त अवस्थीले बताए । प्रत्येक वर्ष बालीनालीमा क्षति हुँदै आएको भए पनि क्षतिपूर्ति पाउन नसकेको किसानले बताएका छन् । स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन सकेका छैनन् ।
किसानले बर्सेनि बालीनालीमा क्षति व्यहोर्दासमेत सरकारले केही राहत नदिएको किसानले गुनासो गरेका छन् । स्थानीय सरकारले किसानका समस्या समाधान गर्न नसकेको किसान टेरले बताए । बैतडीमा १४ हजार ५०० हेक्टर जमिनमा मकैखेती गरिँदै आएको छ ।
किसानलाई बाँदर धपाउने यन्त्र वितरण
बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिकाका विभिन्न वडाका किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरेको छ । बाँदरले वर्षौँदेखि बालीनाली नष्ट गरिरहेका किसानको सजिलोका लागि बाँदर धपाउने यन्त्र वितरण गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिए ।
नगरपालिकाको वडा नं ५ मा २५ यन्त्र वितरण गरिएका छन् । प्रत्येक टोलका किसानलाई पायक पर्ने गरेर यन्त्र वितरण गरिएको हो ।
नगरपालिकाले स्याङ्जाको जयलक्ष्मी आँधीखोला कन्स्ट्रक्शन प्रालिबाट १०० थान बाँदर धपाउने यन्त्र खरिद गरेको हो । नगरपालिकाका बाँदर प्रभावित अन्य वडाका किसानलाई यन्त्र वितरण गरिने उपप्रमुख चन्दले जानकारी दिए ।
बाँदर धपाउने यन्त्रमा एक प्रकारको रसायन राखिने र त्यसलाई चलाउँदै जाँदा मेशिनले ठूलो आवाज निकाल्ने भएकाले बाँदर भाग्ने बताइएको छ । यन्त्र वितरण गरिएका किसानलाई यन्त्र चलाउन पनि सिकाइएको छ । नगरपालिकाले बाँदर नियन्त्रण गर्ने योजनाअन्तर्गत रु तीन लाखको लागतमा यन्त्र किनेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार