जलेश्वर निषेधाज्ञा ‘कफ्र्यू’ले सुनसान, स्थानीय तह हाटबजार बन्द गर्दै
नेपालबहस संवाददाता
साउन २२, २०७७ बिहिबार २०:२०:२०
२२ साउन, महोत्तरी । कोभिड–१९ सङ्क्रमण जोखिम बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम हाटबजार बन्द गर्न थालेका छन् । जिल्ला सदरमुकाम जलेश्वर निषेधाज्ञा ‘कफ्र्यू’ले सुनसान भएसँगै सुदूरउत्तरवर्ती बर्दिवास र भङ्गाहा नगरपालिकाका हाटबजार बन्द हुने भएका हुन् ।
भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले सङ्क्रमण बढेपछि नगर क्षेत्रका सबै हाटबजार आजदेखि सात दिनसम्म बन्द रहने बुधबार साँझ नै घोषणा गरेका हुन् । यसैगरी बर्दिवास उद्योग वाणिज्य सङ्घ र बर्दिवास नगरपालिका–१, २ र १४ वडा समितिले बुधबार मध्यरातदेखि नै व्यापार व्यवसाय र आवागमन एक साता बन्द गर्ने निर्णय गरेका छन् ।
बर्दिवास नगरपालिकाको पुरानो बर्दिवास गाविस क्षेत्रभित्र एक जनामा सङ्क्रमण पुष्टि भएपछि यस क्षेत्रमा पर्ने हालका वडा नं १, २ र १४ एक सातासम्म बन्द राख्ने निर्णय गरिएको सङ्घका महासचिव भवनाथ खतिवडाले जानकारी दिए । नगरका तीनवटै वडा समितिले पनि यस कुराको पुष्टि गरेका छन् ।
भङ्गाहा नगरपालिका क्षेत्रमा आजदेखि एक सातासम्म कुनै हाटबजार लाग्ने छैनन् । भीडभाड हुने हाटबजार बन्द गरिएसँगै आम मानिसलाई अनावश्यक हिँडडुल नगर्न समेत नगरप्रमुख साहको आग्रह छ । “बजारमा जताततै भीडभाड बढ्यो, भौतिक दूरीको पालना र अन्य सुरक्षा सतर्कतामा पनि लापरवाही देखियो”, नगरप्रमुख साहले भने, “सङ्क्रमण जोखिम बढ्दो छ, त्यसैले एक साता हाटबजार र खुला आवागमन बन्द गर्न सबैसँग अपिल गरेका हौँ ।” भङ्गाहा नगर क्षेत्रमा बारैपिच्छे लाग्ने साप्ताहिक हाट नै २५ भन्दा बढी छन् । भङ्गाहामा बुधबार नै थप ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यसैगरी बस्तीभित्रै नयाँ सङ्क्रमण पुष्टि भएपछि डरलाग्दो स्थिति बन्दै गएको हुँदा बर्दिवास उद्योग वाणिज्य सङ्घ र बर्दिवास–१, २ र १४ सहित तीनवटै वडा समितिको संयुक्त बैठकबाट एक साता बन्द गर्ने निर्णय गरिएको बर्दिवास–१ का वडाध्यक्ष चुडामणि पोखरेलले बताए ।
बर्दिवास मुख्य व्यापारिक कारोवारको नाका भएको हुँदा सीमा क्षेत्रसम्मका व्यापारीको बाक्लो आउजाउ बढ्दै जाँदा सङ्क्रमणको जोखिम बढेको सङ्घका प्रतिनिधि र तीनवटै वडाका अध्यक्षको भनाइ छ । यस कार्यमा सहजीकरण र आवश्यक सहयोगका लागि इलाका प्रशासन कार्यालय बर्दिवास र इलाका प्रहरी कार्यालय बर्दिवाससँग लिखितरूपमै अनुरोध गरिएको बर्दिवास–२ का वडाध्यक्ष अभिराम प्याकुरेलले बताए । बर्दिवास–१ का १५० वर्षीया महिलामा कोभिड–१९ पुष्टि भएपछि यहाँ सङ्क्रमण जोखिम बढ्न नदिन एक साता बाहिर ननिस्केर घरघरै बस्न अपिल गरिएको बर्दिवास–१४ का वडाध्यक्ष भरत हमालको भनाइ छ ।
जिल्लामा कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि जिल्ला सदरमुकाम जलेश्वर नगर र महोत्तरी गाउँपालिकाको वडा नं ३ र ५ मा जिल्ला प्रशासन कार्यालयले गत सोमबारदेखि नै निषेधाज्ञा जारी गरेको छ । पहिलोपटक दुई दिनका लागि घोषणा गरिएको निषेधाज्ञा जिल्ला प्रशासन कार्यालय महोत्तरीले अब साउन २५ गतेसम्म कायम रहने जनाएको छ ।
यसैगरी भीडभाड हुन नदिन, अनावश्यक आउजाउ रोक्न र जोखिम रोकथामका लागि गरिएका स्थानीय तह र उद्योग वाणिज्य सङ्घका प्रयत्नमा स्थानीय प्रशासनको साथ रहने जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए ।
महोत्तरीमा हालसम्म ८५२ मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १४ जना बुधबार नै पुष्टि भएका प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ । साउन ७ गते लकडाउन हटेयता नै जिल्लामा सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या पनि १०१ पुगेको छ । महोत्तरी प्रदेश नं २ का आठ जिल्लामा रौतहटपछि सबैभन्दा बढी सङ्क्रमणले गाँजेको जिल्ला हो । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार