कमलादी सुनकाण्ड छानबिन समितिको प्रतिवेदन : डीएसपी रञ्जनलाई उन्मुक्ति !
नेपालबहस संवाददाता
साउन २२, २०७७ शुक्रबार ३:२९:१०
२२ साउन, काठमाडौं । कमलादीबाट बरामद भएको सुनकाण्डमा अध्ययन गर्न गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । तर सुन प्रकरणमा गम्भीर लापरबाही गर्ने प्रहरीलाई विभागीय कारबाहीको सिफारिस प्रतिवेदनमा नगरिएको पाइएको छ ।
कमलादीबाट १५ किलो सुन भनेर केही समयअघि बरामद भएको धाँतु साढे १४ किलो चाँदी रहेको पाइएको थियो । आधा किलो मात्रै सुन भेटिएको कमलादी प्रकरणले प्रहरीको लापरबाही मात्रै होइन, काठमाडौँमा सुन कसरी तस्करी भइरहेको छ ? भन्ने घटनाक्रम देखाएको थियो ।
सुनकाण्ड प्रकरणमा पनि दरबारमार्गका तत्कालीन प्रहरी नायब उपरीक्षक डीएसपी रञ्जन दाहालकाे लापरबाही भएको देखिएको थियो । सोही प्रकरणपछि उनको सरुवा भएको थियो । छानबिन समितिले विभागीय कारबाही आवश्यक नभएको निष्कर्ष निकालेको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले भने प्रतिवेदन आइसकेकाले हेडक्वार्टरमा बुझाउने तयारी भइरहेको बताए । प्रतिवेदन पाएपछि हेडक्वार्टरले नै कारबाही गर्ने उनको भनाई छ । प्रहरीले १३ साउनमा काठमाडौंको कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको र अभियुक्त फरार भएको सार्वजनिक गरेको थियो ।
तर यो घटनामा प्रहरीकै लापरबाही देखिएपछि हेडक्वार्टरले प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शुशीलकुमार यादवको नेतृत्वमा समिति बनाएको थियो । समितिले अध्ययन अनुसन्धान गरेपछि आज प्रतिवेदन बुझाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
सभामुखद्वारा नेपाल संवत् ११४५ को शुभकामना
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवतले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास
कात्तिक १७, २०८१ शनिबार
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ?
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री
कात्तिक १७, २०८१ शनिबार
कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा गरिंदै
कात्तिक १७, २०८१ शनिबार