सुरुङमार्ग निर्माणमा स्थानीयवासीलाई प्राथमिकता दिन माग
नेपालबहस संवाददाता
साउन २३, २०७७ शनिबार ०:५०:२७
२३ साउन, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजना निर्माणमा चन्द्रागिरिवासीलाई प्राथमिकता दिनुपर्ने बताएको छ । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो चन्द्रागिरिमा निर्माण हुन लागेको सुरुङमार्गमा आवश्यक पर्ने जनशक्ति व्यवस्थापनमा चन्द्रागिरिलाई प्राथमिकता दिनुपर्ने माग गरेको छ ।
सुरुङमार्ग निर्माण आयोजना र चन्द्रागिरि नगरपालिकाबीच आज भएको छलफलमा सुरुङमार्ग निर्माणका क्रममा आयोजना र नगरपालिकाबीच हातेमालो गरेर अगाडि बढ्ने सहमति भएको छ । सुरुङमार्ग निर्माणका क्रममा आवश्यक पर्ने सामग्री, जनशक्तिका लागि चन्द्रागिरिका बासिन्दालाई प्राथमिकता दिएर अगाडि बढ्ने विषयमा छलफल भएको नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए ।
जापान अन्तरराष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियत ऋण सहयोगमा निर्माण हुन लागेको सो सुरुङमार्ग निर्माणको काम सुरु भएको छ । मुआब्जा वितरणको काम सकेर गत वैशाखदेखि सुरुङमार्ग निर्माणको काम सुरु भएको हो । यस आयोजनाका लागि जाइकाको रु १६ अर्ब ऋण सहयोग र नेपाल सरकारको रु छ अर्ब लगानी रहेको छ ।
जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ मार्ग निर्माण भएपनि यातायात नै सञ्चालन हुने गरी पहिलोपटक निर्माण हुन लागेको यो आयोजना चार वर्षमा सम्पन्न हुने लक्ष्य राखिएको छ । चन्द्रागिरि नगरपालिका–१ टोटेपाखाबाट सोही नगरपालिकाको सिस्नेखोलासम्म पुग्ने सो सुरुङमार्गको लम्बाई ५।५६ किलोमिटर रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार