सार्वजनिक सवारीको भीडभाडले संक्रमण सर्ने जोखिम उच्च
नेपालबहस संवाददाता
साउन २५, २०७७ आइतबार २१:२७:३९
◊ पूर्णप्रसाद मिश्र
२५ साउन, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन् । यात्रुको यो बाध्यताबीच कोरोना सर्ने जोखिम उच्च रहेको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने भएकाले भीडभाड हुने जुनसुकै स्थानमा रोग सर्ने जोखिम उच्च रहने नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्की बताउछन ।
यातायात पूर्वाधारको राम्रो व्यवस्था नभएको र कार्यालय सञ्चालनमा रहेकाले आम मानिस जोरबिजोरबीच बाध्य भएर जोखिमपूर्ण यात्रा गर्दा रोगको सङ्क्रमण बढ्न थालेको उनी बताउछन । गत बिहीबारदेखि जोरबिजोर लागू गरिएपछि सार्वजनिक यातायातमा सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्न पाउने भनी यसअघि यातायात व्यवस्था विभागले लागू गरेको नियमको पनि पालना नभएको यात्रुको गुनासो छ । भौतिक दूरी कायम नगरे कोरोनाको जोखिम जहाँसुकै हुने अध्यक्ष कार्की बताउछन । पछिल्लो समय उपत्यकाका रेष्टुरेन्टमा भीड बढेको उनले सुनाए।
कागेश्वरी मनोहरा नगरपालिका–५ का स्थानीयवासी श्रीराम सापकोटा कलङ्की चक्रपथ हुँदै साँखु चल्ने सार्वजनिक यातायातले शनिबार उभिएर यात्रु राख्दासमेत कतै पनि प्रहरीले जाँच नगरेको बताउछन । कम सवारी चल्दा गन्तव्यमा पुग्नै पर्ने यात्रु उभिएर पनि जान बाध्य भइरहेका छन् । भीडभाडमा कोरोना सर्ने जोखिम धेरै भए पनि जीविकोपार्जनका लागि यस्तो यात्रा गर्न पनि बाध्य हुनुपरेको यात्रु गीता ढकालको भनाइ छ । दैनिक टीकाथलीबाट आउने सवारीमा सिटभर र उभिएरसमेत यात्रा गर्न बाध्य हुनुको विकल्प नरहेको उनले सुनाए ।
सार्वजनिक यातायातले साबिककै जति यात्रु बोक्न थाले पनि भाडा भने विभागले तोकेअनुसार ५० प्रतिशत बढाएरै असुल गरिरहेका छन् । सुन्दरीजलबाट रत्नपार्क आउने बा३ख १७७ नं सार्वजनिक यातायातले सात÷आठ जना यात्रु उभ्याएर यात्रा गरायो । यो यात्राको मार्गमा पर्ने महानगरीय प्रहरी वृत्त बौद्ध र त्यसअन्तर्गतको प्रभाग गोकर्णको मूल सडकमै भए पनि देखेको नदेखेकै गरिदिए । पुतलीसडकमा झरेका एक यात्रुले साबिककै भाडा दिएपछि परिचालकले ५० प्रतिशत बढेको भाडा माग गरे ।
यात्रु रामसुन्दर श्रेष्ठ ५० प्रतिशत बढेको भाडा नदिएपछि परिचालकसँग बाझ्नु परेको सुनाउनुहुन्छ । यात्रु श्रेष्ठले बढेको ५० प्रतिशत भाडा तिर्नुपरे ट्राफिक प्रहरीलाई खबर गर्छु भनेपछि चालकले सवारी दौडाएर बागबजारतिर लगे । उनले भने महानगरीय ट्राफिक प्रहरी महाशाखाको १०३ नं फोन गरेर कारवाही गर्न उजुरी टिपाएको सुनाए ।
महाशाखाका प्रवक्ता वामदेव गौतम ट्राफिकले उपत्यकाका ३२ स्थानमा जाँच केन्द्र नै स्थापना गरी बढी यात्रु चढाए नचढाएको अनुगमन भइरहेको बताउनुहुन्छ । शनिबारसमेत नियम विपरीत चलेको एक हजार १७५ सवारी नियन्त्रणमा लिइएको थियो । त्यसमध्ये ८०० मोटरसाइकल र ३७५ ठूला सवारी रहेको प्रवक्ता गौतमले बताए । “सङ्क्रामक रोगको जोखिम बढिरहेका बेला दोहोरिएर नियम विपरीत चलाउने सवारीलाई सङ्क्रामक रोग ऐनअनुसार हदैसम्मको कानूनी कारवाही गर्छौं, सिट क्षमताको ५० प्रतिशतभन्दा बढी यात्रु राख्न नपाउनेलगायत नियम उल्लङ्घन गरेमा महाशाखाको १०३, नेपाल प्रहरीको १०० र नजीकको प्रहरी कार्यालयको टेलिफोन नं फोन गरेर सवारी नं टिपाए तत्काल मोटरसाइकलमा खटिने समूहले कानूनी कारवाही गर्छ,” उनले भने ।
ट्राफिकले ३२ स्थानमा जाँच केन्द्र राखेर सार्वजनिक यातायातको अनुगमन गरिरहेको भने पनि स्थलगत रुपमा त्यस्तो नदेखिएको यात्रुको गुनासो छ । राजधानीको काठ क्षेत्रमा चल्ने सवारी साना छन् । दुईजना समेत बस्न नमिल्ने सिटमा विगतमा बस्दा पनि कोचिनुपर्ने पीडा भोगेका यात्रु हाल कोरोना सर्ने चिन्तामा आवतजावत गर्न बाध्य छन् । कोरोनाको महामारीका बेला सरकारले ५० प्रतिशतभन्दा बढी भाडा लिन पाउने भनी बनाएको नियम लागू गर्ने सवारीका परिचालकले सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्नुपर्ने नियमलाई भने बेवास्ता गरेका छन् । भीडभाड सवारीमा कोरोना सर्ने जोखिम उच्च हुन सक्ने यात्रुको गुनासो छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य उपत्यकाबाहिर सार्वजनिक यातायात चल्न नदिए पनि रातो प्लेटका सवारीमा बढी भाडा तिरेर राजधानीमा यात्रु आइरहेको दाबी गर्छन । यसरी आउने यात्रुका कारण उपत्यकामा कोरोनाको जोखिम अझै बढ्ने उहाँको भनाइ छ । राजधानीमा चल्ने साझा यातायात साँगा भञ्ज्याङसम्म पुगेर सिट क्षमताभन्दा बढी यात्रु ओसार्दा पनि प्रहरी मुकदर्शक बनेको महासङ्घले जनाएको छ । दोलालघाटलगायत काभ्रेपलाञ्चोक जिल्लाका सीमास्थलबाट आएका मानिस साँगाबाट साझा चढी राजधानी छिर्ने गरेको पनि अध्यक्ष कर्माचार्यले बताए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरमा एमाले भन्दा कांग्रेस ५७२ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार
मिथिलामा विवाहपञ्चमी महोत्सवको रौनक
मंसिर १७, २०८१ सोमबार
१९.९७ अंकले बढेर २७५८ विन्दुमा उक्लियो नेप्से, १० अर्ब ५४ करोडमाथिका शेयर किनबेच
मंसिर १७, २०८१ सोमबार
११ महिनापछि पेशी चढेको रवि लामिछानेको राहदानी दुरुपयोगविरुद्धको रिट हेर्न नभ्याइनेमा
मंसिर १७, २०८१ सोमबार
विश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार
सुन्तलाखेतीतर्फ आकर्षण बढ्दै
मंसिर १७, २०८१ सोमबार