मनोजको ‘लकडाउनको तिज’मा विनय र कविता
नेपालबहस संवाददाता
साउन २५, २०७७ आइतबार २२:४४:२९
२५ साउन, काठमाडौं । नेपालीहरुका विभिन्न चाडपर्वहरुमध्ये तिज पनि महिलाहरुले मनाउने महत्वपूर्ण चाड हो । परापूर्वदेखी धार्मिक एवं सांस्कृतिक प्रचलन अनुसार तिज पर्व मनाइदै आइएको छ ।
यो हिन्दु पर्व भए पनि अहिले सबैले मनाउने गरेका छन् । अहिलेको समावेशी समाजको लागि यो राम्रो पक्ष पनि हो । यसैले समभावनाको बोध गराउँदछ । वास्तवमा यो विशेष परम्परागत पर्व हो ।
यसपटक कोराेना कहरले सार्वजनिक रुपमा तिज मनाउन नसकिने अवस्था छ तर पनि घरमै गीत संगीत सुनेर मनोरंजन होस् भनेर कलाकारहरुले तिजका बिभिन्न गीत संगीत सार्वजनिक गरिरहेका छन्। यस्तैमा गीतकार तथा संगीतकार मनोज सिग्देल ‘युरेश’ले तिज कोशेली ‘लकडाउनको तिज’ सार्वजनिक गरेका छन्।
यस गीतमा शब्द मनोज सिग्देल ‘युरेश’को रहेको छ भने स्वर विनय कार्की र कविता श्रेष्ठको रहेको छ। गीतलाई संगीत संयोजन स्वयम गायक विनय कार्कीले गरेका हुन्। स्टुडियो भर्सनमा निर्माण गरिएको भिडियोमा विनय कार्की र कविता श्रेष्ठ फ़िचर्ड छन्। भिडियोमा जनकराज अधिकारीको छायांकन र प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ।
२०६५ साल देखि निरन्तर संगीत क्षेत्रमा संघर्ष गर्दै अघि बढिरहेका गीतकार सिग्देलले हाल सम्म ८ वटा गीत सार्वजनिक गरिसकेका छन्। सम्पूर्ण नेपाली नारीहरुलाई यसै गीत मार्फत शुभकामना दिदै सिग्देलले सुरक्षित तरिकाले तिज मनाउन अनुरोध गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार