चियाको लिलाम बिक्री केन्द्र निर्माण भएन
नेपालबहस संवाददाता
साउन २६, २०७७ सोमबार १५:३२:४०
२६ साउन, इलाम । ६ वर्षअघि निर्माण शुरु भएको नेपाली चियाको लिलाम बिक्री केन्द्र अक्सन सेन्टर अझै पूरा भएको छैन । क्रेतालाई नेपालमै भित्र्याएर चिया बेच्ने उद्देश्यले अक्सन मार्केट खोल्न शुरु भए पनि अझै निर्माण पूरा भएको छैन ।
अक्सनमार्फत स्थानीय बजारबाटै चिया बेच्नका लागि अक्सन निर्माण गर्न खोजिएको हो । हालसम्म निर्माण पूरा नहुँदा क्रेताले सबै चिया बाहिरी बजारमै लानुपर्ने बाध्यता छ । ६ वर्षअघि अक्सनका लागि रकम छुट्याएर निर्माण शुरु भए पनि निर्माण सम्पन्न हुन् सकेन ।
“निर्माण शुरु भएको पनि हो, झापामा एउटा घर भाडामा लिएर अफिस र ल्याब सञ्चालनको तयारी गरियो, एक वर्षको भाडा पनि बोर्डले ति¥यो तर ठोस काम हुनसकेन” चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालले भने, “अक्सन सेन्टर खोल्न व्यवसायीले सर्त राखे । अर्थमन्त्रालयले सम्बोधन गरेन । यसपछि अक्सनका लागि बजेट छैन ।”
सरकार, बोर्ड र व्यवसायीको आ–आफ्नै सर्त र तर्कले अक्सन अल्झिएपछि यसको मार अहिले साना चिया किसानलाई परेको छ । तयारी चिया निर्यात गर्नै समस्या भएको जनाउँदै उद्योगी व्यवसायीले किसानलाई हरियो पत्तीको लागत मूल्यसमेत नदिँदा किसानको घरमा हातमुख जोर्ने समस्या हुन थालेको किसान बताउँछन् ।
“अक्सन निर्माण नहुनुको मुख्य कारण राजनीतिक अस्थिरता नै हो”, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रवीन राईले भने, “पुराना सरकार भत्किँदै गए र नयाँ बन्दै जाँदा अक्सन प्राथमिकतामा परेन ।”
अक्सन निर्माण भएर स्थानीयस्तरमै चियाको प्रवद्र्धन गर्न सकिने र चियाको ‘भ्यालू’ पनि बढ्ने उनको अपेक्षा छ । “अन्य देशका ब्रोकर भेला गराएर चियाको जानकारीपछि किन्न लगाइन्छ”, महासचिव राईले भने, “निर्माणको ढाँचा हेर्न भारतसम्म पनि गइयो तर निर्माण सम्पन्न भएन ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार