एशियन लाईफकाे त्रुटी आउने क्रम कायमै, आकर्षक व्यापार देखाउन चलखेल
आर्थिक संवाददाता
साउन २८, २०७७ बुधबार २०:४७:४४
२७ श्रावण, काठमाडौं । एशियन लाईफ इन्स्योरेन्समा आफ्नो वित्तीय प्रतिवेदनमा चलखेल गर्ने क्रमले यो त्रैमासमा पनि निरन्तरता पाएको छ । यसअघि आर्थिक वर्ष ०७६/७७ को तेश्रो त्रैमासमा प्रतिशेयर आम्दानीलाई धेरै देखाउँदै बजारमा चलखेल गर्न खोजेको थियो, त्यसपछि नेपालबहस डटकमले सो चलखेलको विरुद्ध समाचार लेखेपछि एशियन लाइफ इन्स्योरेन्सले त्रुटी सच्याउँदै माफी मागेको थियो ।
अहिले आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमासमा पनि इन्स्योरेन्स कम्पनीले फेरी अर्को ठूलो चलखेल गरेको छ । कम्पनीले बजारमा आक्रामक व्यापार गरेको देखाउन कुल बीमा शुल्क आर्जनको तथ्यांक बिगारेर वित्तीय विवरण सार्वजनिक गरेको हाे ।
कम्पनीको आर्थिक वर्ष ०७६/७७को चौथो त्रैमासको वित्तीय विवरणलाई आधार मान्दा अघिल्लो आर्थिक वर्षको सम्बन्धित त्रैमासिकको अन्त्यमा कम्पनीले जम्मा १ अर्ब ७३ करोड कुल बीमा शुल्क आर्जन गरेको तथ्यांक प्रस्तुत गरेको छ । तर कम्पनीले आर्थिक वर्ष ०७५/७६को चौथो त्रैमासमा ४ अर्ब २१ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।
किन घटाईयो अघिल्लो वर्षको कुल बीमा शुल्क आर्जन ?
नयाँ कम्पनीको आगमन सँगै पुराना जीवन बीमा कम्पनीहरुले आक्रामक रुपमा व्यापार विस्तार गर्न सकेका छैनन । आज प्रकाशित रिपोर्ट अनुसार एशियन लाईफको खुद बीमा शुल्कलाई आधार मान्दा ८ प्रतिशतले मात्र आफ्नो व्यापार वृद्धि गर्न सफल भएको छ । कम्पनीले कुल बीमा शुल्क आर्जन १ अर्ब ७३ करोडबाट वृद्धि भएर ४ अर्ब ५९ करोड पुगेको देखाउँदा एशियन लाईफले बजारमा आक्रामक व्यापार गरेको हल्ला फैलाउन व्यवस्थापनले चालेको एउटा चाल हुने विश्लेषण गर्न सकिन्छ ।
यसरी इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्षको सम्बन्धित त्रैमासिकको अन्त्यमा कुल बीमा शुल्क आर्जन देखाउँदा करिब २ अर्ब ५० करोड कम देखाएको छ ।
आर्थिक वर्ष ७६/७७ को वित्तीय प्रतिवेदनमा कुल बीमा शुल्क आर्जनमा गरिएको चलखेल !
आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार :
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार