बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
नेपालबहस संवाददाता
साउन २८, २०७७ बिहिबार १:५९:२१
२८ साउन, मुगु । जिल्ला सदरमुकाम गमगढीबाट जिल्लाकै सोरु गाउँपालिकास्थित तारापानीतर्फ जाँदै गरेको बोलेरो जीप आज दुर्घटना हुँदा गाडीमा सवार एकजना यात्रुको मृत्यु हुनाका साथै १० जना घाइते भएका छन् । सोरु गाउँपालिकातर्फ जाँदै गर्दा छायाँनाथ रारा नगरपालिका–३ निगाले गाउँ नजीकै ‘साधेपानी भन्ने स्थानमा’ क १ ज ३२ नंको बलेरो जीप सडकबाट १०० मिटर तल खसेको थियो ।
छायाँनाथ रारा नगरपालिका–१३ रुगा गाउँका १८ वर्षीय धर्म लावडको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरुमा जुम्ला सिञ्जा गाउँपालिका घर भई हाल कोहलपुर सोतयामा बस्दै आएका चालक खेमराज हमाल, सोरु गाउँपालिका–८ रुमका सिद्ध रावल, विर्षना रावल र टेकराज रावल, सोही गाउँपालिका वडा नं ५ नेरका सुरेश शाही, राजबहादुर शाही, वडा नं ९ कालैका रघु विटालु, भक्त लावड, वडा नं ३ कमलराज बुमी र वडा नं ७ ख्यालचका रुपलाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी गराए ।
घाइतेहरुको हाल जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ भने सोरु गाउँपालिका–५ का ६२ वर्षीय राजबहादुर शाही र वडा नं ७ का रुपलाल बुढाको अवस्था गम्भीर भएकाले जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पतालमा उपचार गर्नका लागि रिफर गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाथागढीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
कात्तिक १६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
कात्तिक १६, २०८१ शुक्रबार
भरतपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु
कात्तिक १६, २०८१ शुक्रबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडौंमा वायु प्रदूषण बढ्यो, कारण के ?
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार