गायक नरेश खातीकाे ‘मेरो बाबा भगवान’ सार्वजनिक
नेपालबहस संवाददाता
साउन २९, २०७७ बिहिबार १४:५४:४९
२९ साउन, काठमाडौं । गायक तथा संगीतकार नरेश खातीकाे ‘मेरो बाबा भगवान’ बोलको गीत सार्वजनिक भएको छ । बुबाको मुख हेर्ने दिन अर्थात कुशेऔँसी आउँदै गर्दा गायक खातीकाे ‘मेरो बाबा भगवान’ मा गायिका एलिना चौहानले स्वर दिएकी छिन भने गीतमा खाती आफैले संगीत भरेका छन् ।
नेपालबहस डटकमसँग कुरा गर्दै गायक खातीले भने “बुबाको मुख हेर्ने दिन आएको अवसरमा आफूले ‘मेरो बाबा भगवान’ बोलको गीत ल्याएको हुँ । ‘आमासम्बन्धी थुप्रै गीतहरू छन् । तर, बुबालाई जोडेर धेरै गीत छैन’, गायक एवम् संगीतकार खातीले भने, ‘बुबाको मुख हेर्ने दिन आउँदै छ । सबैका छोराछोरीलाई यो गीतले बुबाको महत्व दिओस् भनेर गीत बनाएको हुँ ।”
यसअघि ‘मेरी छोरी’ गीत बनाएका खातीको त्यो गीतले युट्युबमा एक करोड भ्यु कटाएका थियो । अर्को गीत ‘माया मारेर’ले पनि एक करोड भ्यु नघाएकाे थियो ।
गीतका पछिल्ला अंशमा खाती स्वयंमको पनि स्वर छ । गीतमा हरेक सन्तानको जीवनमा बाबाको भगवान भूमिकाको वर्णन गरिएको छ । बाबा जो आकाश बनेर घामको किरण छरिरहे सन्तानका अघी कहिले आँसु देखाएनन अनबरत रुपमा खटिरहे सन्तानको खूशीको लागि मनछुने लयमा गाइएका शब्द शब्द बाबामा समर्पित छन् ।
आफूलाई जन्माउने बाबा आमाका बारेमा नेपालमा धेरै गीत बनेपनि यो पृथक सुनिन्छ । बिशाल निरौलाले एरेन्ज गरेको गीत प्रिज्म स्टुडियोमा रेकर्ड भएको हो भने श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार