बहुराष्ट्रिय विवाद समाधान गर्न एपक्याम स्थापना, अब विदेशी वकिल खोज्नु नपर्ने
नेपालबहस संवाददाता
साउन २९, २०७७ बिहिबार २०:५०:२३
२९ साउन, काठमाडौ । राष्ट्रिय तथा बहुराष्ट्रिय पक्षका विवाद नेपालबाट समाधान गर्ने गरी विदेशी लगानी नेपाल ल्याउन र नेपालका विवाद समाधानमा महंगो खर्च व्यहोरेर विदेशमा रहेका संस्था र बिषेशज्ञको सेवा खरिद गर्ने बाध्यतालाई अन्त गर्ने उद्देश्यले एपक्याम नामक संस्था स्थापना भएको छ ।
बिदेशी मुद्रा संचितीमा समेत मुलुकलाई र विवाद समाधानमा उद्योग बाणिज्य क्षेत्रलाई मद्दत गर्ने सहयोगीका रुपमा भुमिका निर्वाह गर्ने एसिया प्यासिफिक सेन्टर फर आर्विटेशन एण्ड मेडिएसन(एपक्याम) नामक संस्था स्थापना भएको हो । विवाद शान्ति, सम्बृिद्ध र विकासको बाधक भएकाले समाज रुपान्तरण र विकासका लागि सक्रिय एसिया प्रशान्त क्षेत्रका बिभिन्न ८ संस्थाहरुद्वारा स्थापित एपक्याम्प नेपालमा पनि बिस्तार गरिएको संस्थाका महासचिव तथा वरिष्ठ अधिवक्ता मातृकाप्रसाद निरौलाले जानकारी दिए ।
हाल नेपालमा नेपाल इन्टरनेशनल एडीआर सेन्टर, इण्डियन इन्स्टिच्युट अफ आर्विट्ेशन एण्ड मिडिएशन, मलेसियन मिडिएशन सेन्टर, इण्डोनेसिया मिडिएशन सेन्टर, हङ्गकङ इन्टरनेशनल मिडिएशन , हङ्गकङ इन्स्टिच्युट अफ आर्विटेटर्स, थायल्याण्ड आर्विटेशन सेन्टर, अष्ट्लियन डिस्प्युट रेजोलुसन सेन्टर, लगायतका संस्थाहरु आबद्ध भई संयुक्त सेवा शुरु गरेका छन् ।
नेपालका तर्फबाट एपक्यामका बोर्ड सदस्य तथा नेपाल इन्टरनेशनल एडीआर सेन्टरका महासचिव वरिष्ठ अधिबक्ता मातृका निरौला, अन्य संस्थाका तर्फबाट अनिल जेभियर, डा. फ्रेसिस ल, दातुक कुतुबल जमान, फामी साहेव, सिल्भिया सिविङ, पसित अस्वातानापूर्ण, डेकी लोगोनेज लगाएत छन् ।
संस्थाको साउन २२ गते बिभिन्न मुलुकका न्यायिक क्षेत्रका विशिष्ट व्यक्तित्वद्वारा संयुक्त रुपमा एपक्यामको समुद्घाटन गरिएको हो । बिश्वब्यापी रुपमा प्रशारण भएको अनलाइन तथा अफलाइन कार्यक्रममा नेपालका तर्फबाट पूर्व प्रधान न्यायाधीश, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सो कार्यक्रमको उद्धघाटन गरेका थिए ।
सो अवसरमा वरिष्ठ अधिवक्ता निरौलाले एपक्याम्प संस्थापनाको चार्टडमा दस्तखत गरेका छन् । भारतको नयाँ दिल्लीबाट प्रशारण भएको सो कार्यक्रम नेपाल, मलेसिया, हङ्गकङ, इण्डोनेसिया अष्ट्ेलिया ताइवान लगायतबाट संबोधन गरिएको थियो । ‘विवाद समाधानको शुलभ अवसर जुटाउनु मुलुकको जिम्वेवारी मात्र होइन बिदेशी लागनी र बिश्वास आर्जन गर्ने अपरिहार्य माध्यम हो’ – वरिष्ठ अधिवक्ता निरौलाले भनेका छन् ।
नेपालमा केही व्यवसायीहरुको पहलमा खास गरी मध्यस्थ र मेलमिलाप मा आधारित सेवा, त्यसै बिषयमा थप अध्ययन, अनुसन्धान र थप सुधार गर्दै जाने उद्देश्यले ८ बर्ष अघि नेपाल इन्टरनेशनल एडीआर सेन्टर (एआएसी) को स्थापना भई केही काम हुँदै आएको थियो ।
एसिया प्यासिफिक क्षेत्रका विभिन्न मुलुकहरुमा यस्तै बिषयमा काम गर्ने संस्थाहरु मिलेर प्रभावकारी संजाल खडा गरी बहुराष्ट्रिय पक्षहरु बीचमा खडा भएका व्यापारिक तथा साम्पतिक विवादमा उक्त नेटवर्कमार्फत विवाद समाधानको सेवा दिने काम शुरु भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार