नेपाल रेमिट पनि क्लियरिङ्ग हाउसमा आबद्ध
नेपालबहस संवाददाता
साउन ३०, २०७७ शुक्रबार २१:५४:८
३० साउन, काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.ले नेशनल पेमेन्ट्स इन्टरफेस (NPI) को प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ । यो व्यवस्थासँगै नेपाल रेमिटका सानो मुल्यका भुक्तानी कारोबारहरु connectIPS e-Payment प्रणाली मार्फत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिनेछ भने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली NCHL-IPS मार्फत तोकिएको समय सीमामा मध्यम र ठूलो मुल्यका भुक्तानी कारोबारहरु गर्न सकिने क्लियरिङ हाउसले जनाएको छ । यस आबद्धतासँगै नेपाल रेमिटको बैंक खातामा आधारित रेमिटेन्स भुक्तानी सम्बन्धी सेवा प्रवाहमा उलेख्य सुधार आउने विश्वास गरिएको छ ।
विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको NPI मार्फत हाल उपलब्ध connectIPS र NCHL-IPS को सञ्जालमा क्रमश ५६ र ६४ सदस्य बैंक तथा वित्तिय संस्थाहरु आबद्ध रहेका छन् । एनसीएचएलले NCHL-ECC, NCHL-IPS, connectIPS e-Payment, connectRTGS र NPI प्रणालीहरु सञ्चालन गर्दै आएको छ । यसमा हाल आईएमई लिमिटेड, सिटी एक्सप्रेस मनि ट्रान्सफर, जीएमई रेमिट, भाटभटेनी रेमिट, क्याशवे मनि ट्रान्सफर, आईपे रेमिट, ललित मनि ट्रान्सफर र ईजीलिंक रेमिटेन्स गरी ८ भन्दा बढि रेमिटेन्स कम्पनीहरु समावेश छन् भने अन्य ३१ गैर-बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् जसमा पिएसपी/पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु रहेका छन् ।
नेपाल रेमिट देशका मुख्य रेमिटेन्स कम्पनीहरु मध्येको एक हो । नेपाल राष्ट्र बैंकबाट लाईसेन्स प्राप्त यस कम्पनीले विदेशबाट नेपाल भित्रिने रेमिटेन्सहरु देशका विभिन्न भागहरुमा छिटो र छरितो तरिकाले पुर्याउने गर्दछ भने आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नयाँ प्रविधिहरुको प्रयोग गर्न पनि सधैँ तत्पर रहेको छ । थप जानकारीका लागि www.nchl.com.np हेर्नसकिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार