नेशनल लाईफको १७.५ प्रतिशत बोनस तथा लाभांश घोषणा
नेपालबहस संवाददाता
साउन ३२, २०७७ आइतबार १७:२६:४७
३२ साउन, काठमाडौं नेशलन लाईफ इन्स्योरेन्सले यस वर्षको मुनाफाबाट १७.५ प्रतिशतको दरले नगद लाभांश तथा बोनस लगानी कर्तालाई दिने घोषण गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा इन्सुरेन्सको मुनाफा बढेको छ । यसअवधिमा मुनाफा १६.३२ प्रतिशतले ले बढेर ३९ करोड १२ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ३३ करोड ६३ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद बिमा शुल्क पनि १६्.८४ प्रतिशतले ले बढेर ९ अर्ब ११ करोड ४० लाख ७९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ७ अर्ब ८० करोड २ लाख ४६ हजार रुपैयाँमात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो ।
असार मसान्तसम्म आइपुग्दा यस कम्पनीले कुल २ अर्ब ८५ करोड ८६ लाख ८८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । दाबी भुक्तानी हुन बाँकी रकम ३८ करोड ११ लाख ८ हजार रुपैयाँ रहेको छ । यसअवधिमा प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ६१ पैसा रहेको छ । अघिल्लो वर्ष २७ अर्ब १९ करोड ८ लाख ३२ हजार रुपैयाँ रहेको जीवन बीमा कोषको आकार असार मसान्तसम्ममा ३३ अर्ब ७२ करोड १६ लाख १० हजार रुपैयाँ पुगेको छ । चौथो त्रैमाससम्म आइपुग्दा ३ अर्ब ८ करोड २६ लाख २६ हजार चुक्ता पुँजी रहेको नेसनल लाइफको जगेडा कोषमा १ अर्ब ३ करोड ६१ लख ८१ हजार रुपैयाँ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार