वर्षे धानबालीको रोपाइँ सम्पन्न
नेपालबहस संवाददाता
साउन ३२, २०७७ आइतबार १९:२४:५
३२ साउन, मकवानपुर । वाग्मती प्रदेशका १३ जिल्लामा अहिले स्थानीय किसानले आ–आफनो खेतमा वर्षे धान बालीको लागि रोपाइँ सम्पन्न गरेको प्रदेश कृषि विकास निर्देशनालय हेटौँडाले जनाएको छ । प्रदेशको १३ जिल्लामा वर्षे धानबाली लगाउन कूल एक लाख, १८ हजार ७४ हेक्टर जग्गामा उन्नत जातको धानबाली लगाउने लक्ष्य अनुसार किसानले आफ्नो खेतमा धान रोपाइँ गरेको प्रदेश कृषि विकास निर्देशनालयका कृषिविज्ञ रामहरि तिमल्सिनाले बताए ।
उनका अनुसार प्रदेशको विभिन्न जिल्लाको मौसमअनुरुप उन्नत जातको धानको बीउ मकवानपुर–१, राधा–४ सावित्री, मन्सुली, कलमसार तथा हाइब्रिड ३१२ र ३१४ लगायतका धानको बीउलाई किसानले रोपाइँ गर्ने गरेका छन् ।
यसैगरी मकवानपुर जिल्लाको आठ गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका विभिन्न वडामा उन्नत जातको धानको बीउको रोपाइँ गर्ने कार्य पनि सम्पन्न भएको कृषि विकास ज्ञान केन्द्र हेटौँडाले जनाएको छ । मकवानपुरमा १० हजार ४०० हेक्टर जग्गामा किसानले बर्षे धानखेती लगाएको कृषि विकास ज्ञान केन्द्रका प्राविधिक रवीन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार