कार्यकर्ताको रिहाइको माग गर्दै नेविसंघद्धारा आन्दोलनको घोषणा
नेपालबहस संवाददाता
साउन ३२, २०७७ आइतबार २०:२६:३४
३२ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघले कार्यकर्ताको रिहाइको माग गर्दै आन्दोलनको घोषणा गरेको छ। त्रिभुवन विश्वविद्यालय र वीरगञ्जमा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै केन्द्रिय समितिले आन्दोलनको घोषणा गरेहो हो ।
नेविसंघ अध्यक्ष राजिब ढुंगानाले आइतबार निकालेको विज्ञप्ति अनुसार भदौ १ गते देशभरका क्याम्पसमा तालाबन्दी गर्ने र भदौ २ मा प्रमुख शहरहरूमा १० जना उपस्थित भएर प्रदर्शन गर्ने उल्लेख गरिएकाे छ ।
यसअघि नेविसंघले शुक्रबार काठमाडौं उपत्यकाभित्रका सरकारी क्याम्पसमा तालाबन्दी गरेको थियो। त्रिविले आफ्ना माग सुनुवाइ नगरेको विरोधमा उपकुलपति कार्यालयलगायतमा नेविसंघले तोडफोड गरेपछि आठ जना पक्राउ परेका थिए।
नेविसंघले भने शान्तिपूर्ण आन्दोलनमा सहभागी नेविसंघ नेताहरूलाई झुटा मुद्दा लगाइएकोले आन्दोलन घोषणा गर्नु परेको बताएको छ। यस्तै वीरगञ्जमा निषेधाज्ञा उलंघनको आरोपमा नेविसंघका कार्यकर्ता पक्राउ परेका थिए। सिडिओलाई ज्ञापन पत्र दिन जाने भन्दै उनीहरूले प्रदर्शन गरेको प्रहरीको भनाइ छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार