निरन्तर वर्षाले तरकारी नष्ट
नेपालबहस संवाददाता
साउन ३२, २०७७ आइतबार २०:३९:१०
दुर्गा देवकोट
३२ साउन, टीकापुर । लामो समयदेखि तरकारी खेती गर्दै आएका कैलालीको टीकापुर–बनगाँउका किसान खुशीराम चौधरीले गत जेठ मसान्तमा १० कठ्ठाजमिनमा लौका रोपे। लौकाको लहरा झाँगिदै गई फुलसँगै फल लाग्ने तयारीमा थियो । सोही लौकाबारी यही साउन १४ गते आएको बाढीले डुबान भयो ।
निरन्तर साउन महिनाभरी वर्षा भइरहेपछि फल्न थालेको लौकाबारी सबै सडेर नष्ट भयो । “अहिले मेरो तरकारी बारीमा लौकाको बोट पनि रहेन, सबै सडेर नष्ट भयो,” उनले भने, “यस सिजनमा तरकारी खेतीबाट मनग्य आम्दानी हुन्थ्यो, वर्षात्को समयमा तरकारीको राम्रो मूल्य पाइन्थ्यो, सबै सडेर नष्ट भयो ।”
खुशीराम लौका खेतीमात्र नभइ काक्रा, बोडी, चिचिन्डालगायतका तरकारी खेती नष्ट भएको गुनासो गरे । “वर्षा निरन्तर भइरहँदा तरकारी खेती नष्ट भयो, लाखौँको लागनी खेर गएको छ”, उनले भने, “हाम्रो पुरै परिवार यही पेशाबाट धानिएको छ । खेती नष्ट भएपछि काम पनि छैन, आम्दानी पनि छैन । उत्पादन लिने बेला नोक्सान भयो ।”बनगाँउकै किसान मानबहादुर चौधरीले पनि दुई कठ्ठा क्षेत्रफलमा लौकालगायत अन्य तरकारी रोप्नु भएको थियो । फलिरहेको उक्त तरकारी वर्षाले डुवान हुँदा सडेर नष्ट भयो ।
बजारमा तरकारीले राम्रो मूल्य पाइरहेको बेला वर्षात्को पानीले डुबान हुँदा धेरै घाटा भएको उनले बताए। “फल्न थालेको तरकारी नष्ट भयो । लौकामात्र नभइ, काक्रा, बोडी र चिचिन्डा खेती खत्तम भयो”, मानबहादुर भन्छन् , “अहिले लौका बजारमा सय रुपैया किलो बिक्री हुन थालेको छ । हामीले कमाउने समयमा नष्ट भयो, जसले जिविकामा समस्या भएको छ ।”गाउँघरमै आएर राम्रो मूल्य दिने थोक तथा अन्य उपभोक्ता आए पनि तरकारी नै नभएको किसानले बताउन थालेका छन् । जानकी गाउँपालिका–३ सुर्वणपुरका किसान रामकृष्ण चौधरीले एक विघामा लगाएको तरकारी नष्ट भएको बताए।
व्यवसायिकरुपमा उत्पादन गर्ने किसानका तरकारी बाली वर्षा र डुबानले नष्ट हुँदा अहिले बजारमा तरकारकिो मूल्यमा वृद्धि भएको छ । तरकारीको उत्पादनमा कमी हुँदा बजारमा तरकारी अभाव भएको छ । यस्तो लकडाउनका समयमा अन्य जिल्लाबाट तरकारी ल्याउँदा महङ्गो पर्ने गरेको तरकारी व्यवसायी गोपाल गुप्ता बताउँछन् , “स्थानीय तरकारी अलि सस्तो पाइन्थ्यो, बिक्री पनि सस्तोमा ग¥थ्यौँ । अहिले त हरियो तरकारी सबै महँगो छ ।”
तरकारी खेती नष्ट हुँदा किसानमात्र मर्कामा परेका छैनन् । यहाँका उपभोक्ताले पनि महँगोमा तरकारी किन्नुपर्ने वाध्यता भएको छ । “गतवर्ष यो सिजनमा काक्रा, बोडी, भिन्डी, चिचिन्डाजस्ता तरकारी फालाफाल हुन्थे, हामी नयाँ तरकारी खान पाए हुन्थ्यो जस्तो लाग्थ्यो”, उपभोक्ता बन्दना जैसीले भने, “यस वर्ष तरकारी किन्न सकिन्न । एक किलो तरकारी रु। १०० भन्दा कममा कुनै पाइन्न । तरकारी किनेर खान सक्ने अवस्था छैन ।”
तरकारी उत्पादक किसान स्थानीय सरकारले क्षतिको विवरण संकलन गरी राहत दिनुपर्ने माग गर्न थालेका छन् । बाढी र डुवानले क्षति भएकालाई सरकारले राहतका कार्यक्रम ल्याउन आवश्यक रहेको उनीहरुको माग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार